fbpx

ब्लाइण्ड क्रिकेट विश्वकपमा सहभागी बागमतीका खेलाडीलाई बागमती प्रदेशको सम्मान

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं। पाकिस्तानमा जारी ब्लाइण्ड क्रिकेट टी२० विश्वकपमा सहभागी नेपाली टोलीका बागमती प्रदेशका खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद विकास परिषदले नगद पुरस्कार दिने घोषणा गरेको छ।

परिषदका सदस्य सचिव दीपक लामाले विश्वकपमा उच्च प्रदर्शन गर्ने बागमती प्रदेशका चार खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गर्ने जानकारी दिए। विश्वकपमा बागमती प्रदेशबाट सागर लामा, प्रवीण स्याङ्तान, अमिस गुरागाईं, र सन्त पहारी सहभागी भएका छन्।

नेपाली टोलीले यसपटकको विश्वकपमा ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको थियो। ६ टोली सहभागी प्रतियोगितामा नेपालले चौथो स्थान हासिल गरेको हो।

सदस्य सचिव लामाले भने, "दृष्टिविहीन खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा आफ्नो क्षमताको प्रमाण दिएका छन्। उहाँहरूको यो उपलब्धिलाई सम्मान गर्न हामीले सानो योगदान स्वरूप नगद पुरस्कार प्रदान गर्न लागेको हौं।"

लिग चरणमा नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। तर श्रीलंका, बंगलादेश, र पाकिस्तानसँग पराजित भएको थियो। सेमिफाइनलमा पनि नेपाल पाकिस्तानसँग पराजित भई फाइनल यात्रा रोकिएको हो।

नेपाली टोलीको यस ऐतिहासिक प्रदर्शनले देशकै गर्व बढाएको र दृष्टिविहीन खेलाडीहरूका लागि थप अवसर र प्रोत्साहनको बाटो खोल्ने अपेक्षा गरिएको छ।


काठमाडौं

बुधबार, माघ ९, २०८१

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन