बागलुङ बडिगाड पहिरो : बेपत्ता एक बालकको शव फेला

author

समाचारपाटी

११ महिना अगाडि

बागलुङ । बागलुङको बडिगाडगाउँपालिका-१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएका ३ वर्षीय एक बालकको शव फेला परेको छ। बुधबार नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरुले ३ वर्षीय आरुष थापाको फेला पारेको हो।पहिरोमा ३ जना अझै बेपत्ता छन्। बेपत्ता ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयाे।

त्यस्तै पहिरोमा परी गम्भीर घाइते भएका १९ वर्षीय रिमा पुन, ३१ वर्षीय सीता थापा र ४६ वर्षीय संगीता बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उनीहरूलाई बुधबार हेलिकोप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पतालमा लगिएको डीएसपी यादवले बताउनुभयाे। अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको छ।

स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। प्रतिकूल मौसमका कारण घाइतेलाई मंगलबार उद्धार गर्न सकिएको थिएन। उद्धारको लागि काठमाडौंबाट मंगलबार नै नेपाली सेनाको हेलिकोप्टर आए पनि बडिगाडमा अवतरण गर्न नसक्दा जिल्ला समदरमुकाम बागलुङमा रहेको श्री २३ नम्बर बाहिनी अड्डामा अवतरण गरेको थियो। घाइतेलाई बडिगाड गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले मंगलबार नै घटनास्थलमा पुगेर प्राथमिक उपचार गरेको थियो।

annapurnapost


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७७°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन