fbpx

आर्मीका सुविन र कास्कीकी दिलशालाई जुनियर च्याम्पियनकाे उपाधी

author

समाचारपाटी

१ year अगाडि

आर्मिका सुविन श्रेष्ठ र कास्कीकी दिलशा राना इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्ट च्याम्पियनसिपमा उपाधी हात पार्दै च्याम्पियन बन्न सफल भएका छन् । यु–१५ छात्र तर्फ सुविनले धादिङ्गका अश्विन मगरलाई २१–१५, २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन । यस्तै छात्रा तर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१०, २१–१९ ले पराजित गर्दै उपाधी उचालेकी हुन् । छात्र तर्फ सूर्यदर्शनका अमन डङ्गोल र आर्मीका सुदेश राजकोटी संयुक्त तेश्रो भए । छात्रा तर्फ नेक्सस ईन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र ईमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य संयुक्त तेश्रो भए ।

योनेक्सको नेपालमा आधिकारीक विक्रेता इनास ईन्टरप्राईजेज र अपी स्पोर्टस् म्यानेजमेन्ट प्रा.लि.को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको यु–१३ छात्र तर्फ कैलालीका शिषिर रानाले जित हात पारे । उनले तनहुका सफल भुजेललाई २१–१४, २२–२० को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । एपेक्स लाईट स्कुलका सुहम कार्की र ग्यालेक्सी स्कुलका रिशभ राई संयुक्त तेश्रो भए । यस्तै छात्रा तर्फ सेनाकी रिहान शेरचनले सेनाकै सम्बृद्धि श्रेष्ठलाई २१–१३, २१–७ ले पराजित गर्दै उपाधी उचालेकी हुन् । तेश्रो स्थानमा नेक्सस ईन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र ईमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य रहे ।
बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीमा भएको खेलको यु–११ छात्र तर्फ कैलालीका आदत्य चौधरी र छात्रा तर्फ कास्कीकी निभा राईले उपाधी उचाले । आदत्यले दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारीलाई २१–१३, २१–१९ ले पराजित गरे । निभाले उपाधी उचाल्ने क्रममा दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्रीलाई २१–१७, २१–१८ ले पराजित गरेकी हुन् । तेश्रो स्थानमा छात्र तर्फ इमाडोल ब्याडमिन्टनका प्रिन्स थापा मगर र प्रशान्त बुढाथोकी तथा छात्रा तर्फ सेनाका समृद्धि श्रेष्ठ र अजरेङ्का शेरचन रहे ।

बिजयी खेलाडीहरुल मेडल, ट्रफी प्रमाणपत्रका साथ यु– १५ तर्फ शिर्ष तीन स्थान प्राप्त खेलाडीले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे । क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गरे । यस्तै यु– १३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गरे । यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गरे । यसका साथै इनासले विजयी खेलाडीहरुलाई योनेक्सका विभिन्न खेल सामाग्री प्रदान गरेको थियो ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बागमती खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह, इनास ईन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए ।
च्याम्पियनसिपमा करिव १३९ खेलाडीहरुको सहभागिता रहेको थियो ।

भेट्रान टोलीलाई सदस्य सचिवको विदाई

ओमानको राजधानी मस्कटमा आयोजना हुने बिश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले शनिबार शुभकामना सहित विदाई गर्नुभयाे । जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुमा संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल, निम जोशी र प्रशिक्षकमा अनिता महर्जन रहेका छन् । टोली आईतबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको थियाे ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन