fbpx

ब्याडमिन्टन एसियाको प्रतियोगिता नेपालमा पहिलो पटक हुँदै,भोलि शुक्रबारदेखि सुरु हुने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।पहिलो पटक नेपालमा आयोजना हुन लागेको ब्याडमिन्टन एसियाको उक्त प्रतियोगितामा यू-१५ र यू-१७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । ब्याडिमन्टन एसियाको डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत हुन लागेको यस प्रतियोगिताको आयोजना नेपाल ब्याडमिन्टन संघले गर्नेछ ।

संघले बिहीबार पत्रकार सम्मेलन अयोजना गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो । भदौ १ गतेदेखि ५ गतेसम्म हलचोकस्थित एपीएफ क्लबको कभर्डहलमा हुने च्याम्पियनसिपमा यू-१५ र यू-१७ मा गरी व्यक्तिगत र टिम स्पर्धा गरी कूल १२ इभेन्ट समावेश छ ।

यू-१५ इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ । यू-१७ तर्फ पनि इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, व्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धामा खेल हुनेछ ।

यू-१५ र यू-१७ दुवैमा टिम च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्र नेपाल सहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा हरेक देशका ८–८ जना खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । नेपाली टिममा १६ खेलाडी छन् । व्यक्तिगत स्पर्धामा आयोजक मुलुकका तीन खेलाडी एउटै स्पर्धामा सहभागी हुन पाउने व्यवस्था छ भने अन्य देशका दुई खेलाडीले एउटा स्पर्धामा प्रतिस्पर्धा गर्नसक्ने व्यवस्था गरिएको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

च्याम्पियनसिपमा गर्ल्स र ब्वाइज दुवैतर्फ २६-२६ गरी कुल ५२ खेलाडी सहभागी हुने संघले जनाएको छ । नेपाल ब्याडमिन्टस संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले यो च्याम्पियनसिप नेपालमा हुनु महत्वपूर्ण रहेको बताउनुभयाे ।

‘हाम्रो १६ जना युवा खेलाडीले एकै पटक खेल्ने अवसर पाउनेछन् । यदी बाहिर जानु परेको भए हामीले त्यति खेलाडी पठाउन गाह्रो थियो,’ श्रेष्ठले भन्नुभयाे, ‘त्यसमा अन्य चार विभिन्न कार्यक्रम पनि हुँदैछ । यसका लगि ब्याडमिन्टन एसियालाई धेरै धन्यवाद ।’ च्याम्पियनसपिपकै अवसरमा काठमाडौंमा साउथ एसिया लिडर डेभलपमेन्ट मिटिङ, साउथ एसिया वुमन इन ब्याडमिन्टन वर्कसप, साउथ एसिया रिजनल अम्पयार्स कोर्स र साउथ एसिया जुनियर ट्रेनिङ क्याम्प पनि आयोजना हुँदैछ ।

च्याम्पियनसिप तथा कार्यक्रम सञ्चालनका लागि ब्याडमिन्टन एसियाबाट सिनियर डेभ्लोप्मेन्ट सिनियर म्यानेजरद्वय सामबेनथान शिवपेरुमल र थानाबालन अरिकृष्णन तथा इभेन्ट्स म्यानेजर एनजी येइन मुन नेपाल आइसकेका छन् । ब्याडमिन्टन एसिया डेभ्लोप्मेन्ट कमिटिका प्रमुख वाजिद अलि चौधरी बिहीबार राति नेपाल आइपुग्ने संघका अध्यक्ष राजमी श्रेष्ठले जानकारी दिनुभयाे ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन