पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा आएको बाढीमा परी तीन जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
भारी वर्षाले प्रान्तको कोज कुनार जिल्लाको बाहिरी इलाकामा अचानक बाढी आएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक कुरिशी बदलोनले बताउनु भयो । जिल्लाभर १ सय ५० आवासीय घर भत्किएकाले बाढीले स्थानीयलाई ठूलो आर्थिक क्षति समेत गरेको बदलोनले बताउनु भयो ।
अफगानिस्तानको मौसम विभागले आगामी दुई दिनमा देशका ३४ प्रान्तमध्ये १२ प्रान्तमा थप वर्षा हुने र बाढी आउने चेतावनी दिएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।