वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व साथ, वान्समोर हुटिङ बारम्बार

author

समाचारपाटी

१ महिना अगाडि

सन्देश श्रेष्ठ, पोखरा । सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम स्याङ्जाको वालिङमा भव्य रुपमा सम्पन्न भएको छ । पोखराको अपार सफलतापछि देशव्यापी अभियान शुरु गरेको ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन वालिङमा दर्शकको अभूतपूर्व साथ पाउँदै सम्पन्न भएको हो ।

चेम्बर अफ कमर्स वालिङको आयोजनामा जारी ‘प्रथम पिङ्क सिटी महोत्सवको अवसर पारेर आयोजित ‘व्याक टु नाइन्टिज’मा करीब १० हजार दर्शक सहभागी भए । नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड वालिङमा गुञ्जिदा दर्शकहरु मन्त्रमुग्ध भए ।

साँझ करीब ५ः३० बजेदेखि ‘व्याक टु नाइन्टिज’का कलाकारहरुले स्टेज चढ्न शुरु गरे । कार्यक्रम सञ्चालक मनकुमार श्रेष्ठले व्याण्डहरुको नाम भन्नेवित्तिकै दर्शकहरुको सहमतिमा हुटिङ आउँथ्यो । शुरुमा स्टेज चढेका भेगावोण्ड ब्याण्डका श्यामसुङ तामाङलाई दर्शकले न्यानो माया दर्शाए । प्रस्तुतीको पहिलो गीत ‘जीवन हो घामछायाँ’लाई दर्शकले उनीसँगै गीत गाएर साथ दिए । दोश्रो प्रस्तुतीको रुपमा देउराली व्याण्डका शान्तराज बज्राचार्यले ‘ढुंगेसाँघुको मेलामा’ गाउँदा होस् वा ‘लुकीचोरी’ लगायतका आधा दर्जन गीत गाउँदा दर्शक वाईल्ड भइसकेका थिए । तेश्रो प्रस्तुतीका रुपमा ब्रोसिस व्याण्डका प्रकाश रानाले ‘बस सुन्दरी’, ‘चाईना कम्पनी’लगायत गीत गाउँदा दर्शकले भरपुर मनोरञ्जन लिए । चौथो प्रस्तुतीका रुपमा लेकाली व्याण्डका हर्कराज गुरुङ (भाई) र नविन गुरुङले ‘यो मुटुमा’, ‘पहिलो नजर’लगायतका गीतहरु गाउँदा दर्शकको हुटिङ पायो ।

पाँचौ प्रस्तुतीका रुपमा मध्याह्न व्याण्डका कर्णदासले ‘मनमनै मनपराई सकेछु’, ‘जिन्दगीको के भरोसा’लगायतका चर्चित गीतहरु गाउँदा दर्शकहरु नोस्टाल्जिक भए । छैटौं तथा अन्तिम प्रस्तुतीका रुपमा स्टेज चढेका डि–मर्चा व्याण्डका भाष्करध्वज श्रेष्ठले ‘शिवजीको बस्ती छ’बाट प्रस्तुती शुरु गर्दा दर्शकको अपार माया पायो । त्यसपछि ‘यो डल्लीले हो मानिन जान’, ‘तारा खस्यौली’ ‘झ्याम्म झ्याम्म’लगायतका गीतहरु गाउँदा दर्शकले पटक÷पटक वान्समोरको हुटिङ गुञ्जिरह्यो । जहाँ दर्शकले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लिएको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले बताउनुभयाे । ‘विगतको समय पुर्नताजगीहुँदा उहाँहरु मज्जाले झुम्नुभयो अनि रम्नुभयो ।’

वालिङमा वालिङ चेम्बर अफ कमर्सको मुख्य आयोजना, ट्रिनिटी क्लव वालिङसँगको सहकार्य र स्थानिय व्यवसायी तथा समाजसेवीहरु बिजय मल्ल, बिजयविक्रम खाँड, सुनिल खनाल, टेकबहादुर कार्की, बिरेन्द्र केसी र सोनी खानको विशेष सहयोगमा कार्यक्रम भएको हो ।

वालिङको कार्यक्रमसँगै ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान शुरु भएको छ । ‘व्याक टु नाइन्टिज’को तेश्रो एडिसनको रुपमा गोरखामा नया वर्ष २०८२ प्रारम्भको अघिल्लो साँझ चैत ३१ गते, लमजुङको बेशीसहरमा नया वर्ष २०८२ को स्वागतार्थ बैशाख १ गते हुने कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिनुभयाे । त्यसलगत्तै म्याग्दीको बेनी, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, ईलाम, विर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंलगायतका ठाउँमापनि गर्ने तयारीमा रहेको उहाँले बताउनुभयाे ।

कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ । अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहनेछ ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’