fbpx

बौद्धिक अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी सचेतना तथा सशक्तिकरण

author

समाचारपाटी

२ हप्ता अगाडि

भरतपुर । बौद्धिक अपाङ्गता भएका व्यक्ति, अभिभावक र सरोकारवालाहरुलाई अधिकार सम्बन्धी सचेतना तथा सशक्तिकरण कार्यक्रम भरतपुरको चनौलीमा सम्पन्न भएको छ । बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनको आयोजना तथा भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मुक्ति घले प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रम बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष होमनाथ ढकाल, गुञ्जानगर साना किसान कृषी सहकारीको अध्यक्ष विष्णु भुजेल, अपाङ्ग समाज चितवनका सदस्य ओम प्रकाश गाहा मगर, अपाङ्गता अधिकार संरक्षण केन्द्र चितवनका अध्यक्ष यम प्रसाद सुवेदी, रेविका बाल प्रतिष्ठानको अध्यक्ष रुवी थापा, मस्तिष्क पक्षघातका लागि अभिभावक स्वावलम्बन समूह ज्योतिनगरको उपाध्यक्ष सीता गुरुङ, बौद्धिक अपाङ्गता संघ चितवनका अध्यक्ष विज्ञान राज लौडारी, बालकुमारी सुस्त मनःस्थिती कल्याण विद्यालय नारायणगढका प्रधानाध्यापक बुद्धि गुरुङ लगायत अतिथी रहनुभएको थियो ।

कार्यक्रममा उपस्थित अतिथीहरुलाई संघको सदस्यद्वय निर्मला कंडेल र सरस्वती पराजुलीले फुलगुच्छा वितरण गर्दै स्वागत गर्नुभएको थियो । बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनको उपाध्यक्ष शान्तप्रभा खनालले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सहजीकरण संघकी सचिव सुशिला कुँवरले गर्नुभएको हो ।

कार्यक्रमको दोश्रो सत्रमा बौद्धिक अपाङ्गता भएका व्यक्ति अभिभावक र सरोकारवालाहरुलाई बौद्धिक अपाङ्गताको पहिचान, सवाल र पैरवीको लागि अभिभावक तथा सरोकारवालाहरुको प्रयास सम्बन्धमा प्रशिक्षक मिलन खरालले प्रशिक्षण दिनुभएको थियो ।


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन