fbpx

हेराल्ड कलेज काठमाण्डौंमा ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौं । हेराल्ड कलेज काठमाण्डौंको दीक्षान्त समारोह–२०२२ सम्पन्न भएको छ । दीक्षान्त समारोहमा स्नातक (ग्रयाजुएट) तह पूरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको हाे। त्यसमध्ये ३ सय ६१ विद्यार्थी बीएससी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बीएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन्।

ती बिद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभयाे। कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृति उपलब्ध गराएको छ । त्यसैगरी हेराल्ड कलेजमा अन्तराष्ट्रिय एमबिए अध्ययन गर्न पनि छात्रवृतिको व्यवस्था गरेको छ।

दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ठ र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाण्डौंले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने बताउनुभयाे। उहाँले दीक्षित सबै विद्यार्थीको उज्ज्वल भविश्यको शुभकामना दिनुभएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाण्डौंका सम्पुर्ण टिमलाई धन्यबाद दिनुभयाे। ‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छु, प्रो भाइस चान्सलर टिमले भन्नुभयाे । दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उहाँले भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न हौसला दिनुभयाे।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन