fbpx

अस्ट्रेलियाको इतिहासमै कीर्तिमानी कोकिन बरामद

author

समाचारपाटी

१ महिना अगाडि

अस्ट्रेलियाको प्रहरीले सोमवार देशको इतिहासमै कीर्तिमानी कोकिन बरामद गरेको छ । सो आरोपमा १३ जनालाई पक्राउ गरी अभियोग लगाइएको जनाएको छ । अस्ट्रेलियाको संघीय पुलिस (एएफपी) ले उत्तरपूर्वी अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा समुन्द्री मार्गबाट २.३४ टन कोकिन आयात गर्ने प्रयास गरेको आरोपमा अन्तर्राष्ट्रिय आपराधिक सिन्डिकेटको अनुसन्धानपछि ११ वयस्क र दुई किशोरलाई अभियोग लगाइएको घोषणा गरेको छ । एएफपी र क्वीन्सल्याण्ड प्रहरी सेवा (क्यूपीएस) का अधिकारीहरूले शनिवार राति र आईतवार बिहानको समयमा पक्राउ गरेका हुन् । पक्राउ पर्नेहरूमा क्वीन्सल्याण्डमा कोकिन आयात गर्ने प्रयास गर्ने जहाजका चालक दल र अवैध लागुऔषध सङ्कलन गर्न किनारमा पर्खिरहेका धेरै पक्षहरू थिए । यो अष्ट्रेलियाको इतिहासमा कोकिनको सबैभन्दा ठूलो बरामद हो । ७६० मिलियन अस्ट्रेलियाली डलर (४९३.६ मिलियन अमेरिकी डलर) को अनुमानित मूल्य रहेको छ । सबै १३ जनालाई सीमामा नियन्त्रित लागुऔषधको व्यापारिक परिमाणमा आयात गर्ने षड्यन्त्र गरेको अभियोग लगाइएको छ । दोषी प्रमाणित भएमा उनीहरूलाई अधिकतम आजीवन कारावासको सजाय हुनेछ । मेकानिकल बिग्रिएको आशंकामा डुङ्गा समुन्द्रमा अलपत्र परेपछि पक्राउ परेका हुन् । कोकिनको उत्पत्तिबारे अनुसन्धान जारी रहेको बताइएको छ । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन