विद्यमान ऐन नियममा सुधार सहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

author

समाचारपाटी

२ years अगाडि

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फछ्र्यौट, विद्ययमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिनुभएको छ । 

मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिनुभएको हो । सभापति पोखरेलले समितिको अर्को बैठकमा प्रश्तुत गर्ने गरी बेरुजु फछ्र्यौट, विद्ययमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिनुभयो । उहाँले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्न गरी बनाउन आग्रह गर्नुभयो । उहाँले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई नराख्न आग्रह गर्नुभयो । उहाँले समितिका २७ जना सांसदहरुले काममा गति दिनसके मात्रै समितिको काम प्रभावकारी हुनसक्ने बताउनु भयो । उहाँले समितिले गर्ने निर्णयहरुमा सर्वसहमति गर्ने प्रयास गर्ने बताउनु भयो । उहाँले समितिले तत्काल बेरुजु,महालेखा र लेखा उतरदायीहरुको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरु र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिर्वाय आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘समितिका २७ जना सांसदहरुले काममा गति दिनसक्यौं भने समितिको काम प्रभावकारी हुन्छ  । समितिले गर्ने निर्णयहरुमा सर्वसहमति गर्ने प्रयास गरौं । म त्यो प्रयास गर्नेछु । समितिले तत्काल तीन वटा काम गरिहाल्नुपर्ने देखिएको छ । बेरुजुको बारेमा उपसमिति बनाएर महालेखाको प्रतिवेदनका बारेमा अध्ययन गर्न,महालेखा र लेखा उतरदायीहरुको बीचमा तत्काल अन्तरसंवाद गराउँदै केही प्रश्नहरु राख्नुपर्ने छ । लेखा समितिका सदस्यहरु र सचिवालयको अध्ययन र क्षमता अभिवृद्धि अनिर्वाय छ । यी तीन कामलाई सबैभन्दा पहिला अगाडि बढायौं । आजको बैंठकले तीनवटा कामका कार्ययोजना बनाउने जिम्मा सचिवालयलाई दिन्छु । उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गरौं । त्यसको लागि तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर आउने सदस्यहरु र पेशा र व्यवसाय मिल्ने साथीहरु त्यही पेसासँग जोडिएको मन्त्रालयमा उहाँहरुलाई नपारौं ।’

उहाँले समितिले तत्काल बेरुजु लगायतका विषयमा उपसमितिहरु बनाएर काम अगाडि बढाउने बताउनु भयो । उहाँले समितिमा पर्ने उजुरीहरुको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरुले अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो ।   


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन