काठमाडौं । नेकपा( माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको बताउनु भएको छ। सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उहाँको आरोप छ ।
बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गरेर लानुपर्ने विषयलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताउनु भयो।