fbpx

साहित्यिक पत्रकार संघद्वारा दुई पुस्तक सम्पादक सम्मानित, दुई पुस्तक सम्पादक पुरस्कृत

author

समाचारपाटी

१ year अगाडि

,
काठमार्डौं । चार जना सम्पादक (कपी एडिटर)लाई साहित्यिक पत्रकार संघले सम्मानित तथा पुरस्कृत गरेको छ । संघको स्थापना भएको ५० वर्षको अवसरमा गत २०७९ साउन २९ बाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सव मनाईँदै आएको छ ।

स्वर्ण महोत्सवको अवसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको छ । संघबाट सम्मानित हुने पुस्तक सम्पादकहरुमा प्रा. डा. लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी रहनुभएकाे छ । यस्तै पुरस्कृत पुस्तक सम्पादक (कपी एडिटर)मा पारस प्रकाश नेपाल र रोयल आचार्य हुनुहुन्छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले उहाँहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभयाे ।

कान्तिपुर दैनिकमा दुई दशकदेखि कपी एडिटरको रुपमा रहनुभएका पारसप्रकाश नेपालले दुई दशक भन्दा लामो समयदेखि एकसय भन्दाबढी कृतिको सम्पादन गरेकाले उहाँलाई ११ हजार १०० रुपैयाँसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार–२०७९’बाट पुरस्कृत गरिएको हो । यसैगरी एक दशक भन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सक्रिय रोयल आचार्यले एक दर्जन भन्दाबढी कृतिको सम्पादन गरिसकेकाले उहाँलाई ५ हजार ५०० रुपैयाँ सहित ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार–२०७९’बाट पुरस्कृत गरिएको पनि संघका अध्यक्ष लेकालीले कार्यक्रममा बताउनुभयाे ।

तीन दर्जन भन्दा बढी साहित्यिक कृति सम्पादन र डेढ दर्जन कृति सृजना गरेर नेपाली साहित्यमा योगदान पुर्याउनुभएको भन्दै त्रिभुवन विश्व विधालय किर्तीपुरका प्राध्यापक डा. लक्ष्मण प्रसाद गौतमलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान –२०७९’बाट सम्मानित गरिएको हो ।

यस्तै एक सय भन्दा बढी पुस्तक, आधा दर्जन साहित्यिक पत्रिका सम्पादन गरेर तीन दशकभन्दा लामो समयदेखि कपी एडिटरको रुपमा सम्पादन क्षेत्रमा योगदान दिएको भन्दै सम्पादक विमल भौकाजीलाई पनि ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान –२०७९’बाट सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयाे ।

नेपालमा साहित्य कृतिका कपी एडिटरलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्य संघबाट आफूहरुले यसपटकबाट सुरु गरेको पनि अध्यक्ष लेकालीले जानकारी गराउनुभयाे । सम्मानित ब्यक्तिहरु गौतम र भौकाजी तथा पुरस्कृत कपी एडिटरद्धय नेपाल र आचार्यले सम्पादन क्षेत्रमा आफूहरुको योगदान तथा भोगाईबारे कार्यक्रममा चर्चा गर्नुभयाे ।

नेपाली कृतिहरुलाई राम्रो बनाउन कृति सम्पादकको महत्वपूर्ण भूमिका रहने गरेको उपकुलपति शम्भु राईले कार्यक्रममा बताउनुभयाे । कृति सम्पादकहरु जहिले पनि छायाँमा पर्नेहुँदा उनीहरुको योगदानलाई खोजेर सम्मानित तथा पुरस्कृत गर्नु संघको प्रसँसानीय कार्य भएको राईको कथन थियो ।

यस्तै सहित्यिक पत्रकार संघकी कोषाध्यक्ष पद्यमावती सिंह, पूर्व अध्यक्षहरु विश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल श्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले सम्मानित र पुरस्कृत श्रष्टाहरुको योगदानको चर्चा गर्दै संघले साहित्यिक पत्रकारहरुको लागि राम्रा काम गर्दै आएको बताउनुभयाे ।

कार्यक्रममा गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, प्राज्ञ मातृका पोखरेल, वरिष्ठ साहित्यकार किशोर पहाडी, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, नेपाल उपन्यास समाजका अध्यक्ष शंकर भारती, सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल, घुम्ती मुक्तक मन्च नेपालका अध्यक्ष निर्मलरमण पराजुली, कवि एक चर्चित संचारकर्मी ठाकुर बेलबासे, निबन्धकार श्रीबाबु कार्की, अनेसास पुरस्कार समिति सदस्य दीपा राई पुन, कवि मधु पाठक, सापसकी सचिव नीता श्रेष्ठ, सन्चारकर्मी सरिता भारतीलगायतको उपस्थिति रहेको थियो ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने