fbpx

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
बुधवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले पिछडिएका क्षेत्रका महिलाहरुलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनका लागि उनीहरुलाई सशक्तिकरण गर्न आवश्यक रहेकाले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने तर्क गर्नुभयो ।

उपसभामुख रानाले पिछडिएको क्षेत्र र भुगोलबाट राजनीतिमा महिलाहरुको प्रतिनिधित्व गराउन बढी जोड दिन आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । स्थानीय तहको वडामा पनि महिलाहरुको प्रतिनिधित्वको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उपसभामुख रानाले सुगम क्षेत्रका गर्भवती महिलाहरुले समेत एम्बुलेन्स पाउने अवस्था नरहेको उल्लेख गर्दै त्यसका आवश्यक व्यवस्था तत्काल मिलाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसरी हरेक भुगोलको क्षेत्रबाट पनि आउनुपयो, जहाँ पिछडिएको क्षेत्रबाट पनि महिलाहरुको प्रतिनिधित्व हुुनुप¥यो । सिमान्तकृत वर्गबाट आएको आएको देखिँदैन । हामीले कोचे, मेचेहरु पनि छन् । अरु समुदायको महिलाहरु पनि राजनीतिमा प्रतिनिधित्व भएको मैले पाएको छैन । चेपाङ जातिका पनि आउनुप¥यो । महिलाहरुको सहभागिता राजनीतिमा यसरी हुनुप¥यो भन्ने मेरो चाहीँ धारणा हो । पिछडिएको क्षेत्रमा टेक्नोलोजीलाई कसरी लैजाने हो रु ती कुराहरुलाई भुल्नु पनि भएन । प्रदेश छ, पालिका छ । वडा छ । त्यसमार्फत प्रविधिको पहुँच पनि महिलाहरुमा पु¥याउनसक्छौँ कि भन्ने मेरो धारणा छ । त्यही उदयपुरमा गर्भवती महिलाले एम्बुलेन्स नपाउने, अस्पताल पुग्न नसक्ने अवस्था छ । तराईका कतिपय ठाउँहरुमा लोकल बस सेवा छैन । ती ठाउँहरुमा सेवा उपलब्ध गराउनका लागि हामीले गहन रुपले सोच्नु र, सरकारबाट बजेट पनि हुनुप¥यो । हामीले विकट ठाउँका महिलाहरुलाई टेक्नोलोजीको सुविधा कसरी दिने भन्नेमा सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ ।’

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने बताउनु भयो । ५० प्रतिशतभन्दा बढी महिलाहरु रहेको मुलुकमा उनीहरुको प्रतिनिधित्व पनि सोही अनुसार स्थानीय तहदेखि संघसम्म हुनुपर्ने उहाँको तर्क थियो । उपाध्यक्ष अर्यालले त्यसका लागि आफूले सक्दो पहल गर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले यो समानुपातिकबाट मात्रै महिलाहरुको प्रतिनिधित्व गराउने कुरा ठिक छैन जस्तो लाग्छ मलाई । अव हामीले प्रत्यक्षतर्फबाट नै ५० प्रतिशत महिलाहरुलाई चुनाव लडाउने वातावरण बनाउनै पर्छ । त्यसो गर्ने बित्तिकै राजनीतिमा महिलाहरुको राम्रो उपस्थिति हुन्छ । त्यसका लागि म आफ्नो ठाउँबाट पहल गर्छु । तपाईहरु पनि गर्नुहोस् । ५० प्रतिशतभन्दा बढी महिलाहरु भएपछि तल्लो तहदेखि नै उनीहरुको उपस्थिति पनि ५० प्रतिशत नै हुनुपर्यो ।’

उपाध्यक्ष अर्यालले स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरुको क्षमता विकासमा पनि विशेष जोड दिनुपर्ने अवस्था रहेको स्पष्ट पार्नुभयो । उहाँले महिला जनप्रतिनिधिहरुको काममा अवरोध नपुर्याउन पनि सचेत गराउनु भयो ।


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक