fbpx

एसियन थाई फुड्स प्रालि नाइजेरियाको खाद्य प्रदर्शनीमा सहभागी

author

समाचारपाटी

१ महिना अगाडि

नाइजेरिया । एसियन थाई फुड्स प्रालि नाइजेरियाको लागोसमा आयोजित ‘फुड एन्ड बेभरेज वेस्ट अफ्रिका २०२४’ अन्तर्राष्ट्रिय व्यापारिक मेलामा सहभागी हुने नेपालको पहिलो कम्पनी बनेको छ। एसियन थाई फुड्स नाइजेरियाको लागोसमा भइरहेको फुड एन्ड बेभरेजेज कमर्सियल एक्जिबिसनमा सहभागी भएको हो। उद्योगले रमपम, टु पीएम र प्रीति ब्रान्डका चाउचाउ तथा १२ प्रकारका स्न्याक्स उत्पादन गर्दै आएको छ।

उद्योगका तर्फबाट निर्देशकहरू आशिष जाजु, जयश्री बगडी जाजु, अनिश जाजू र अतुल माहेश्वरी प्रदर्शनीमा छन्। प्रदर्शनी भोलिसम्म चल्नेछ। उक्त प्रदर्शनीमा सहभागी एसियन थाई फुड्स नेपालको एक मात्र उद्योग हो।

कम्पनीका प्रबन्धक निर्देशक महेश जाजूले विश्व बजारमा नेपाली खाद्य उत्पादनप्रति पनि विशेष रुचि र आकर्षणको सम्भावना रहेको बताउनुभयाे। ‘यसै अनुभूतिका आधारमा हामीले बजार विस्तार गर्दै नेपालको निर्यात बढाउने लक्ष्य राख्यौँ,’ उहाँले भन्नुभयाे, ‘अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीमा सहभागिता जनाउनु बजार विस्तारको रणनीति हो।’ आज २६ भन्दा बढी देशमा आफ्ना उत्पादनहरु निर्यात गरि रहेको अनुभव पनि जाजूले सुनाउनुभयाे।

उद्योगले यसअघि दुबई, टर्की, नयाँ दिल्ली र मुम्बईमा भएका अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सहभागिता जनाइसकेको छ। प्रदर्शनीमा युरोप, अमेरिका, खाडी क्षेत्र लगायत विश्वका विभिन्न मुलुकका व्यवसायी सहभागी रहेको जानकारी दिनुभयाे। उहाँका अनुसार प्रदर्शनी अवलोकन गर्न आएकाहरुलाई उद्योगले आफ्ना उत्पादन चखाएको छ।

उद्योगले आफ्ना उत्पादन अहिले भारत, युएई, ओमन, कतार, साउदी अरब, मलेसिया, अमेरिका, अस्ट्रेलिया, इटली लगायत मुलुकमा निर्यात गर्दै आएको छ।


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन