fbpx

गैंडा संरक्षण गर्न एसियाली सम्मेलन,नेपालसहित भारत, भुटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारी सहभागी हुने

author

समाचारपाटी

२ years अगाडि

चितवन  दुर्लभ एकसिंगे गैंडा संरक्षणका लागि चितवनमा सम्मेलन सुरु भएको छ। पाँच एसियाली राष्ट्रको सम्मेलन चितवनको पटिहानीमा सुरु भएको हो। 

तीन दिनसम्म चल्ने  सम्मेलनमा नेपालसहित भारत, भुटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारी बैठकमा सहभागी हुनेछन्। प्राकृतिक संरक्षणमा लागेका विज्ञहरूले कार्यपत्र र अनुभव साट्नेछन्। आ–आफ्नो देशमा गैंडा संरक्षणका क्षेत्रमा भएका प्रगतिहरू प्रस्तुत गर्नेछन्। उनीहरूले आफ्नो देशमा भएका कामका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन्। यसअघि पहिलो बैठक इन्डोनेसिया र दोस्रो बैठक भारतको दिल्लीमा भएको थियो। 

बैठकमा भेनेजुएयला, संयुक्त अरब इमिरेट्स, केन्या, दक्षिण अफ्रिकालगायतका देशका संरक्षणकर्मीहरू छन्। गैंडा संरक्षणमा देखिएका चुनौती र भावी योजनाको विषयमा छलफल केन्द्रित हुनेछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले गैंडा संरक्षणमा देखिएका चुनौतीहरूका विषयमा बृहत् छलफल गरी आगामी योजनाहरू तय गरिने बताउनुभयाे। ‘यो तेस्रो सम्मेलन भएकोले अघिल्लो सम्मेलनको निर्णयको मूल्यांकन गर्दै थप रणनीति बनाउनेछ,’ उहाँले भन्नुभयाे, ‘सम्मेलनले सबै पक्षमा छलफल गरेर भविष्यमा कस्तो नीति लिने भन्ने निर्णय हुन्छ। एकसिंगे गैंडाको दोस्रो ठूलो बासस्थान नेपाल हो।  

नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैंडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन