एशिया ट्राईयाथलन कपको उपाधी लक्जम्बर्गका बब र स्लोभाकियाकी मारगारेटा लाई

author

समाचारपाटी

२ महिना अगाडि

पोखरामा सम्पन्न २०२३ एशिया कप ट्राईयाथलन कपको उपाधी पुरुष तर्फ लक्जम्बर्गका बब हेलर र महिला तर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले हात पारेका छन् । ७५० मिटर पौडी, २० कि।मी। साईक्लिङ्ग र ५ कि.मी. दौड दुरी बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घन्टा ४ मिनट ५१ सेकेन्ड समयका साथ पुरा गर्दै उपाधी जितेका हुन् ।

नेपाल ट्राईयाथलन संघको आयोजनमा भएको २०२३ एशिया ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको प्रतियोगिताको एशिया कपतर्फ दोश्रो स्थानमा पुरुष तर्फ उज्वेक्सितानका एलेक्जेन्डर कुरिसोभले उक्त दुरी ५५ मिनट ५७ सेकेन्ड र तेश्रो स्थानमा रहेका लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनट ०१ सेकेन्डमा पुरा गरे । चौथो स्थानमा रहेका जापानका क्योतारो याशिकावाले ५६ मिनट ०९ सेकेन्ड र पाँचौ स्थानमा रहेका न्युजिल्याण्डका ओलीभर लारकोम्बेले ५७ मिनट ५८ सेकेन्ड समयका साथ दुरी पुरा गरे ।

महिला तर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोश्रो र तेश्रो स्थान प्राप्त गरे । मिनोरीले १ घन्टा ५ मिनट १८ सेकेन्डमा र चिसातोले १ घन्टा ५ मिनट ३० सेकेन्डमा दुरी पुरा गरे । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौ स्थानमा जापानकी युका सातो रहे । मानाकले १ घन्टा ६ मिनट ४ सेकेन्ड र सातोले १ घन्टा ७ मिनट ३७ सेकेन्डमा दुरी पुरा गरे ।
बिश्व ट्राइयाथलन महासंघको नियम बमोजिम घोषित कुल पुरस्कार रासी मध्ये पहिलोले ३० प्रतिशत, दोश्रोले २५ प्रतिशत, तेश्रोले २० प्रतिशत, चौथोले १५ प्रतिशत र पाँचौले १० प्रतिशत रकम प्राप्त गर्नेछ । त्यसै अनुरुप घोषित कुल ४२ सय डलरबाट शिर्ष तीनले ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यसका साथै विजयीले मेडल र प्रमाण पत्र प्राप्त गरे । चौथो स्थान प्राप्त खेलाडीले ३१५ डलर र पाँचौ स्थानका खेलाडीले २१० डलर सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सोही प्रतियोगिता अन्तरगत भएको दक्षिण एशियन च्याम्पियनसिपमाको ट्राईयाथलन तर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोलले आफ्ना प्रतिद्वन्दिलाई पछि पार्दै उपाधी उचाले । उनले निर्धारित दुरी १ घन्टा ४ मिनट १६ सेकेन्डमा पुरा गरे । यस्तै दोश्रो स्थानमा रहेका भारतकै बिश्वनाथ यादवले १ घन्टा ६ मिनट २५ सेकेन्ड र तेश्रो स्थानमा रहेका नेपालका बशन्त थारुले १ घन्टा ६ मिनट ५२ सेकेन्डमा दुरी पुरा गरे । महिला तर्फ पूर्व विजेता भारतकी प्रज्ञा मोहनले १ घन्टा १२ मिनट समयका साथ प्रथम स्थान प्राप्त गर्दा भारतकै मान्सी मोहितेले १ घन्टा १३ मिनट ४६ सेकेन्ड समयका साथ दोश्रो स्थान प्राप्त गरिन् । तेश्रो स्थानमा नेपालकी श्रेवी महर्जनले १ घन्टा १८ मिनटमा दुरी पुरा गरिन् ।

दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत जुनियर ट्राईथलनमा भारतले एकलौटी पार्यो । भारतका खुन्द्रकपाम नगन्बा मैतेले निर्धारित दुरी १ घन्टा २ मिनट ४६ सेकेन्ड समयका साथ पुरा गर्दै पहिलो, पार्थ मिराज १ घन्टा ६ मिनट ४२ सेकेन्ड समयका साथ दोश्रो र श्रीदथ सुधिर १ घन्टा १० मिनट २६ सेकेन्ड समयका साथ तेश्रो भए । महिला तर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १२ मिनट २१ सेकेन्डका साथ पहिलो, नेपालकी श्रेवी महर्जन १ घन्टा १८ मिनटका सथा दोश्रो र भारतकी देवकी शर्मा १ घन्टा २७ मिनट ८ सेकेन्डका साथ तेश्रो भए ।

राष्ट्रिय तर्फ पुरुषमा बशन्त थारु, दिपेश चौधरी र मुकेश चौधरी क्रमश पहिलो, दोश्रो र तेश्रो भए । बशन्तले १ घन्टा, ६ मिनट, ५२ सेकेन्ड, दिपेशले १ घन्टा, ९ मिनट, १७ सेकेन्ड र मुकेशले १ घन्टा १० मिनट ४४ सेकेन्ड समयका साथ दुरी पुरा गरे । महिला तर्फ श्रेवी महर्जन प्रथम भईन् । दोश्रो स्थानमा रहेकी केशरी थापा मगरले निर्धारित दुरी १ घन्टा ३२ मिनट ३१ सेकेन्ड समयमा पुरा गरिन् ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी गण्डकी प्रदेश साँसद प्रकास बराल, पूर्व साँसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, महासचिव युवराज सुनुवार, टेक्निकल डेलिगेट प्रभाकर, पुर्व दक्षिण एशिया च्याम्पियनसिपकी बिजेता एवं भारती प्रशिक्षक पुजा चौरसिया लगायतले पुरस्कार वितण गरेका थिए ।

फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४३ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १५ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

एशियाली खेलकुदको विशेष प्रशिक्षण थाल्न खेलाडी संघको आह्वान

रौतहटमा भएको हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न सांसद...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२४.३८°

-
Clouds