कलाकार निर शाहको व्यंग्यः आयातित सामग्रीले प्रश्रय पाउनेगरी खोलिएका पसलमा नेपाली सामान बिक्दैनन्

author

समाचारपाटी

२ years अगाडि

अग्रज कलाकार निर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन नसकेको बताउनुभएको छ । मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताउनु भयो । उहाँले चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौति रहेको बताउनु भयो । उहाँले देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग चलचित्र नामको कर्म छ, तर त्यो उद्योग हुनसक्यो की सकेन ? त्यसमा अध्ययन गर्न जरुरी छ । हामी राष्ट्रिय चलचित्र उद्योग भन्छौँ, त्यो उद्योग हुनसक्यो की सकेन भन्नेमा विश्लेषणात्मक अध्ययनको जरुरी छ । मेरो विचारमा हुन सकेको छैन । राष्ट्रिय पनि हुन सकेको छैन । उद्योग पनि हुन सकेको छैन । चलचित्र चाहीँ छ । चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौति हो । नेपाली सिनेमा देखाउने चलचत्रि घरहरु नै छैनन्, जुन देशमा, त्यो देशमा नेपाली चलचित्रको विकास कसरी हुन्छ ? आयातित सामग्रीले प्रश्रय पाउनेगरी खोलिएका पसलहरुमा आफ्नो सामान राखेर हामी माथि पुग्छौँ ?’

अग्रज कलाकार शाहले आयातित चलचित्रले प्रश्रय पाउनेगरी खोलिएका चलचित्र घरहरुमा नेपाली चलचित्र प्रदर्शनी गरेर चलचित्र क्षेत्रको विकास हुन नसक्ने बताउनु भयो । 


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन