fbpx

नवलपरासी बर्दघाटमा खुकुरी प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

author

समाचारपाटी

२ years अगाडि

परासी । हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी बर्दघाट नगरपालिका ४ को एक खाजा पसलमा पुगेर दुई जनामाथि खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

खुकुरी प्रहार गरेकामध्ये एक जनाको मृत्यु भएको छ । अर्काको अवस्था चिन्ताजनक छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका २ का ५० वर्षीय ज्ञानेन्द्रबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताउनुभयाे ।

मंगलबार राति करिब ९ बजेको समयमा खाजा पसलमा पुगेका अभियुक्त रानाले पसलधनी ४२ वर्षिय विष्णु कुमारी काउछा र कोठामा बसेका ४६ वर्षीय दीलिपकुमार पुनमाथि एकाएक खुकुरी प्रहार गरेका थिए ।

दुबै जनालाई टाउमा खुकुरी प्रहार गरिएको थियो । खुकुरी प्रहारबाट गंभिर भएका पुनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ । मृतक बडीघाट गाउँपालिका–४, बाग्लुङका रहेकाे प्रहरीले बताएकाे छ। चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकी विष्णु पनि बडीघाटबाट बर्दघाट आएकी र विष्णुका श्रीमान भने बाग्लुङमै रहेकाे प्रहरीले बताएकाे हाे ।

दुई छोराहरु कोरिया र रोमानियामा कामको शिलशिलामा छन् । विगत ४ र ५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । मृतक पुन र विष्णुबीच नाता दाजुबहिनी रहेको प्रहरीले जनाएको छ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर