काठमाडौं । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ कि ५८ वर्षीया मैयाँ तामाङ गुरुङ छिन् । उनलाई सोमबार दिउँसो विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।उनको साथबाट सुनको रिङ १६ थान, टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट पक्राउ गरिएको हो ।उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।