काठमाडौं । चन्दा उठाएको आरोपमा खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले मंगलबार अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी ( विद्रोही )को कार्यकर्ता हुँ भनी विभिन्न ठाउँबाट चन्दा उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो
उनको साथबाट नेपाल कम्युनिष्ट पार्टी ९विद्रोही० लेखेको पर्चा पम्प्लेटहरु, सोही पार्टीको लेटरप्याडमा आर्थिक भौतिकरनैतिक सहयोग गर्नेबारे भन्ने व्यहोराको पत्रहरु, स्पष्टीकरण सोधिएको भन्ने व्यहोराको पत्र बरामद भएको छ ।
यसका साथै खाली लेटरप्याडहरु, न्याय पाउ भन्ने व्यहोराको कविता नेपाली र प्रविण नेपालीको नामको निवेदनहरू, प्रेस विज्ञप्ति, स्टाम्प ९छाप०, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( बिद्रोही ) लेखको सहयोग रसिद (ठेली )दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।