fbpx

गौशालामा दिनदहाडै गोली प्रहार गर्ने दुई युवक पक्राउ

author

समाचारपाटी

२ हप्ता अगाडि

महोत्तरी । गौशालामा दिनदहाडै गोली प्रहार गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका-२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन्।

गत जेठ २८ गते गौशाला नगरपालिका-५ मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने विनय कुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो। घटना महतो घाइते भएका थिए। घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो। दुवै जनालाई महोत्तरी प्रहरीले आज सार्वजनिक गरेको छ। दुवैजना जेलबाट छुटेका साथी रहेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताउनुभएकाे छ।

दुवै जना प्र २-००९ प २८६१ नम्बरको मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरूबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ। घटनापश्चात् शशी शंकर कापर र आशिषले लगाएको कपडा पहिचान लुकाउनका लागि महोत्तरी पिपरा गाउँपालिका-६ रतौलीस्थित खेतमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ।

पक्राउ परेका शशी शंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० वर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौ २०७९ मा रिहा भएको छ। आशिष भने चोरी तथा डाँका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर कारागारबाट ७ फागुन २०७९ मा रिहा भएका थिए। शशिशंकर र आशिषसहित लुटपाटका विभिन्न आपराधिक घटनामा संलग्न यसै गिरोहका अन्य तीन जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ।


काठमाडौं

शनिबार, साउन ५, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन