fbpx

वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

स्याङ्जा । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमराज थापाले बताउनुभयाे ।

पक्राउ परेका उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दामा दुई दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माघ ५ गते स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात गरिएको थियो ।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएपछि पाइलट रानेश डंगोलले ल्याण्ड गर्नुभएकाे थिए ।

वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो ।

घटनापछि पाइलट डंगोलले जिल्ला प्रहरी कार्यालय वालिङमा जाहेरी दर्ता गराउनुभएकाे थियाे। उहाँले विगत ८ वर्षदेखि प्रभु हेलिकोप्टर कम्पनीमा अपरेशन डिरेक्टर, चिफ पाइलट र लाइन पाइलटको रूपमा पोखरामा कार्यरत रहेको र गत ५ माघमा स्याङ्जाको वालिङ बजारमा फ्लाइट लिएर जानुपर्ने सूचना र अनुमति पाएको जाहेरीमा उल्लेख गर्नुभएकाे छ।

फ्लाइटमा सवार विनोद गैरै, उज्वल थापा, सुशील गिरी र खिम बहादुर रानाले आफूहरू आयोजकमध्येकै भएको भन्दै जबर्जस्ती खेल मैदानमा अवतरण गराएको उहाँले जाहेरीमा उल्लेख गर्नुभएकाे छ।

'वालिङ पुगिसकेपछि मैले हेलिकोप्टर ल्याण्ड गर्नुपूर्व खेल मैदानमा ल्याण्ड नगरी मैदान बाहिर नै ल्याण्ड गर्छु भनेकोमा जबर्जस्ती हेलिकोप्टरमा सवार उनीहरूले आयोजकलाई जानकारी गराइसकेको भन्दै मलाई निर्दिष्ट गरेकै स्थानमा हेलिकोप्टर ल्याण्ड गर्न विवश बनाए,' जाहेरीमा पाइलट डंगेलले भन्नुभएकाे छ।

हेलिकोप्टर ल्याण्ड गर्नासाथ केही व्यक्तिहरूले नियन्त्रणमा लिएर अत्यन्त अभद्र र अमर्यादित व्यवहार गरेको, लछारपछार गरी शरीरको संवेदनशिल अंगमा अन्धाधुन्द लात्ती र मुक्का हानेको, टाउको, नाक, मुख, आँखा र छातीमा निर्घातरूपमा कुटपिट गरेको पाइलट डंगोलले जाहेरीमा भन्नुभएकाे छ ।

'मलाई बोल्ने मौकासमेत नदिई अभद्र तवरले सांघातिकरूपमा ममाथि एकतर्फी हमला गरेकाले म निरीह, घायल र मरणासन्न भएँ,' उहाँले जाहेरीमा भन्नुभएकाे छ, 'निर्घात कुटपिटको कारण मेरो आँखा र नाकबाट रगत बगिरहेकै अवस्थामा केही व्यक्तिहरूले तत्काल फ्लाइट लिएर फर्किहाल्नुस् अन्यथा जे पनि हुनसक्छ भन्दै धम्क्याए।'

उहाँले आफू घाइते अवस्थामा हेलिकोप्टर उडाउन सक्दिनँ भन्दासमेत उनीहरूले पोखरा फ्लाइट गर्न विवश बनाएको जाहेरीमा भन्नुभएकाे छ । उहाँले नेपाल नागरिक उड्ययन ऐन, २०७१ को परिमार्जित ऐन नेपाल नागरिक उड्ययन ऐन २०७३ दफा ८० (१) अनुसार हवाई उडान सुरक्षाविरुद्धको कसूर र मुलुकी अपराध संहिता २०७४ को दफा ११८ (१) बमोजिम अभद्र व्यवहारको कसूरमा हदैसम्मको कारबाही माग गर्नुभएकाे छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन