fbpx

पोखरामा १ करोड भन्दा बढी मुल्यका सामानहरु चोरी गर्ने २ जना व्यक्ति पक्राउ

author

समाचारपाटी

२ दिन अगाडि

जिल्ला कास्की पोखरामा १ करोड भन्दा बढी मुल्यका सामानहरु चोरी गर्ने २ जना व्यक्ति पक्राउ परेका छन् । जेठ ११ गते रातको समयमा महानगरपालिका वडा नं. १७ घारिपाटन स्थित पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेलको घर कोठाको मुल ढोका तथा अन्य कोठाहरुको ढोका फोडी कोठा भित्र रहेका विभिन्न किसिमका सुनका गरगहना ४२ तोला, मोवाईल, ल्याप्टप, क्यामेरा तथा अन्य सामानहरु र नगद रु.३,८०,००० नगत गरी १ करोड
भन्दा बढीका सरसामानहरु चोरी गरी यी व्यक्ति फरार भएका थिए ।

सरसामानहरु चोरी गरी यी व्यक्ति फरार भएकाे भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिई विभिन्न प्राविधिक विश्लेषण तथा CCTV फुटेजका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त चोरीमा संलग्न व्यक्ति जेठ २८ मा पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएकाे छ।

चोरीमा संलग्न व्यक्ति जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२२ घर भई हाल वडा नं. १३ मियापाटन बस्ने वर्ष २१ को नविन नेपाली र जिल्ला गोरखा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०४ गैह्रापाटन बस्ने वर्ष २९ का सुवास थापा मगरलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

उनिहरुको घरकोठाबाट सुनका विभिन्न गरगहना (सुन र लाहा सहितको तौल जम्मा २४ तोला ८४ लाल), विभिन्न कम्पनीका मोबाईल- २२ थान, विभिन्न कम्पनीका क्यामरा - ९ थान, विभिन्न कम्पनीका ल्यापटप- १५ थान, टि.भी.- २ थान, विभिन्न किसिमका (चरेश, तामा तथा चाँदीका) भाँडा वर्तन- ४६ थान, कफी मेसिन- २ थान , नगद रकम रु.११,५६८ ( एघार हजार पाँच सय अठ्सठ्टी), विभिन्न कम्पनीका घडी - ११ थान, सक्कल नागरिकता १ थान र सक्कली राहदानी १ थान, ड्रोन क्यामरा – २ थान, रेडियो सेट वाकीटकी – २ थान र ऐ.को चार्जर २ थान सामानहरु बरामद भएका को जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन