fbpx

गहना, गाडी र जग्गा कारोबारमा झुक्याएर ठगी गरेको आरोपमा ४ जना पक्राउ

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौं । सुनका गहना, गाडी र जग्गा कारोबार गर्ने भनी मानिसहरुलाई विश्वासमा पार्दै ठगी गरेर फरार हुने ४ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु गाउँपालिका-३ का कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका-४ की मीना दमै, सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ का रविन कुमार थापा र सप्तरीको सप्तकोशी नगरपालिका-६ का दिलिप कुमार लाभलाई पक्राउ गरेको हो ।

उनीहरूले समूह बनाई सुनका गरगहना, गाडी र जग्गाको कारोबार देखाई विश्वासमा पार्ने र ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

काभ्रेका कुमार थापाले सुनका गरगहना विदेशमा निर्यात गर्दैछौं भनेर पोखराका एक सुनचाँदी व्यवसायीसँग पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख र तेस्रो पटक ३० लाखको गहना खरिद गरेका थिए । यसरी ठूलो मात्रामा सुन खरिद गरेर विश्वासमा पारेपछि १ करोड ८० लाख रुपैयाँको गहना बाहिर निर्यात गर्ने भनी लिएर फरार भएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयाे ।

त्यस्तै दिलिपकुमार लाभले भक्तपुरको सुडालमा अरुको नाममा रहेको १२ आना जग्गा दिलाइदिने भनी परिवार अटो मोवाइलका सञ्चालकसँग ३ वटा गाडी र २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसरी परिवार अटोमोवाइल प्रालिबाट लिएको गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकामा रकम नतिरी बेपत्ता भएका थिए ।

यो समूहले चितवनमा पनि अरु व्यवसायीहरुको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको पाइएको थियो । मीना दमैविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ७ वटा ठगी मुद्दा र चितवनमा २ वटा ठगी मुद्दा दर्ता भएको छ ।

कुमार थापाविरुद्ध भने कास्कीमा २ करोड बैंकिङ कसुरको मुद्दा दर्ता भएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कुमार थापाले धेरै कारोबार मीना दमैको नामबाट गर्ने गरेको पाइएको छ । उहाँले महिलाको नाममा कारोबार गर्दा विश्वासमा पार्न सजिलो हुने भएकाले त्यो उपाय लगाएको देखिएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयाे ।

रविनकुमार थापाविरुद्ध चितवनमा ४ वटा र काठमाडौंमा ३ वटा मुद्दा दर्ता भएको पाइएको छ । उनीहरुबाट करिब ७ करोड रुपैयाँ ठगी भएको पाइएको प्रहरीको भनाइ छ ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन