पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकाे प्रहरीले बताएकाे छ ।
श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे ।
खड्काले ९ जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनुभयाे । अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो । श्रेष्ठको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ ।
जाहेरवाला पीडित तथा चोरी भएका धनमालको विवरण :- पोखरा ११ रानीपौवामा बस्ने मधु ढुङ्गाना वर्ष ७८ की दुर्गा कुमारी पाध्यकाे सुनको सिक्री-१, तिलहरी-१, झुम्का १ जोर, पञ्चरत्ने बाला- २, औठी-३ र टप १ जोर रु.२,६१,०५८ नगद ,पोखरा १३ पाटनबेशी बस्ने वर्ष ८३ की रिखी माया सापकोटाकाे सुनको सिक्री १ र औठी १ थान रु.३,००,००० नगर ,
पोखरा १२ माटेपानीकी गौमाया थापा वर्ष ७० की तिल कुमारी थापाकाे सुनको बाला २ जोर रु. ८,००,००० नगद,
पोखरा ४ गैह्रपाटनकी वर्ष ७९ की लक्ष्मी कोइरालाकाे सुनको सिक्री १ थान रु.२,००,००० नगद, पोखरा १२ उपकर मार्ग टोक बहादुर गुरुङ वर्ष ९० की शान्ति माया गुरुङकाे सुनको सिक्री १ थान ३,५५,२५० नगद , पोखरा ११ फुलवारी
वर्ष ८७ की ठग कुमारी महत क्षेत्रीकाे सुनको सोवकी १ थान, औँठी १ थान र नगद रु. ५०,००० रु.१,५०,००० धनमाल,
पोखरा १५ गलेश्वर मार्ग दुर्गा गिरी वर्ष ५४ की सिता माया गिरीकाे सुनको मंगलसुत्र १ थान रु. २५,०००नगद,
पोखरा २७ कास्की शान्ति पोख्रेल वर्ष ६५ की मधु माया पौडेलकाे सुनको मंगलसुत्र १,झुम्का २, चुरी १,औठी २, चन्द्रामा १, तिलहरी १ थान र नगद रु. ३०,००० नगद, पोखरा १० मिलन टोल सुर्य ब. थापा मगर वर्ष ८२ की डुमा देवी थापाकाे ६ तोलाको सुनको बाला १ थान रु.६,०९,००० नगद गरी श्रेष्ठले २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको नगद चोरी गरेको आरोप छ ।
श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खड्काले बताउनुभयाे । कास्की प्रहरीले यस्तै प्रकृतिका चोरीका घटना भएका अन्य कोही पीडित भए पनि प्रहरी उजुरी दिन अनुरोध गरेको छ ।