मलद्वारमा लुकाएर लागुऔषध भित्र्याउने पाँचजना युवा पक्राउ

author

समाचारपाटी

२ years अगाडि

उदयपुर । मलद्वारमा लुकाएर लागुऔषध जिल्ला भित्र्याउने क्रममा प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका- ६ बेल्टार बजारमा शरीरमा फ्रिजिङ गरी लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा चौदण्डीगढी नगरपालिका -६ का ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद भएको हो।

त्यस्तै सोही ठाउँका ३२ वर्षीय बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, ३० वर्षीय विशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताउनुभयाे ।

प्रहरीले सोही ठाउँका ३२ वर्षीय मनोज राईको साथबाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल बरामद गरेको छ । ३२ वर्षीय प्रवेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल गरी जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल बरामद भएको उहँले बताउनुभयाे । 

प्रहरीका अनुसार नियमित चेकजाँचको क्रममा ति युवाहरुको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई स्थानीय बेल्टारस्थित चौदण्डीगढी हस्पिटल प्रालीमा भीडीयो एक्सरे गरिएको थियो । भीडीयो एक्सरेमा मलद्वारभित्र फ्रिजिङ गरी राखिएको लागुऔषध देखिएपछि डाक्टरकै सहयोगमा बाहिर निकालिएको प्रहरी प्रमुख एसपी रमेश थापाले बताउनुभयाे । 

संलग्न सबैलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको एसपी थापाले जानकारी दिनुभयाे । लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय ‘विशेष अप्रेशन' सञ्चालन गरेपछि प्रयोगकर्ता र कारोवारीले फरक उपाय अवलम्बन गरेको एसपी थापाको भनाइ छ।

उनले भने,‘लागुऔषध नियन्त्रणका लागि जिल्ला र मातहतका निकायमा अधिकतम प्रविधिको साथ लिएर युनिट नै परिचालन गरिएको छ। साथै तराईका जिल्लासँग जोडिएका सबै नाका,बजार र सम्भावित ठाउँको पहिचान र निगरानीलाई तीव्रता दिएका छौं ।'

‘सधैजसो झोला, गाडीका डिकी, सर्टपाइन्टका गोजीमा लागुऔषध आउने गर्थ्यो,'उहाँले भन्नुभयाे,‘पछिल्लो समय सुक्ष्म अध्ययन गर्दा लागुऔषध कारोबारीले फरक उपायको खोजी गरेको पाइयो। अब त्यहीअनुरुप अनुसन्धान हुन आवश्यक छ।'

यसैबीच प्रहरीले वन मुद्दामा जिल्ला अदालतको फैसला पछि फरार रहेका उदयपुरगढी गाउँपालिका ७ का ४८ वर्षीय रामबहादुर खपाङ्गीलाई सोमबार पक्राउ गरेको छ । २०७० चैत्र १८ गतेको फैसलाले ३ महिनाकैद र १७ हजार जरीवाना तोकिएपछि फरार रहेका खपाङ्गीलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि जिल्ला अदालत पठाइएको छ।

annapurnapost


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान