fbpx

प्रतिबन्धित लागुऔषधसहित ६ जना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध प्रोमेथाजिन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुलसहित सप्तरी खडक नगरपालिका-६ बस्ने २१ वर्षीय अनिलकुमार भगतलाई प्रहरीले पक्राउ गरेको छ ।

गाईघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ०२-००१ ख ५५५५ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाको प्रहरीले जाँच गर्ने क्रममा सिटमा लुकाई ल्याउँदै गरेको उक्त लागुऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै, सिरहा, नवराजपुर गाउँपालिका-५ कुसण्डीबाट नियन्त्रित लागुऔषध डाइजेपाम ३ सय १ एम्पुल, बुप्रेनोर्फिन ३ सय १ एम्पुल र फेनारगन ३ सय १ एम्पुलसहित सिन्धुली घर बताउने १९ वर्षीया शरु नेपाली पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७८ प ७९१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सिरहा धनगढीमाई नगरपालिका-१२ कुस्माहा खुट्टी खोलाबाट अवैध लागुऔषध गाँजा करिब ९२ केजीसहित भगवानपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय शिवनाथ मण्डललगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूले ४ वटा बोरामा बोकी ल्याउँदै गरेको उक्त गाँजासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उदयपुर, कटारी नगरपालिका-६ साँगुरीबाट अवैध लागुऔषध गाँजा करिब १ सय २० केजी शनिबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रिस्कुबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ वटा बोरा फाली फरार भएपछि बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

annapurnapost


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन