रोहित चौधरीको गोली हानेर हत्या गर्नेदेखि हतियार सप्लाइ’ चारजना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

विराटनगर । विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या गरिएको घटनामा संलग्न थप दुईजना पक्राउ परेका छन् ।  प्रहरीले यस घटनामा प्रयोग गरिएको हतियार (पेस्तोल) ‘सप्लाइ’ गर्नेदेखि हत्यामा संलग्न रहेका चारजनालाई हालसम्म पक्राउ गरिसकेको छ । 

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले हत्याकाण्डको अनुसन्धानका क्रममा धरान र विराटनगरबाट थप दुईजनालाई बिहीबार पक्राउ गरिएको जनाकारी दिनुभयाे । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगर घर भइ सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुल बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर महानगरपालिका–१५ जनपथ टोलका ४१ वर्षीय अज्जु भनिने अजयकुमार शर्मा रहेको राईले बताउनुभयाे । 

उहाँका अनुसार हत्यामा लिम्बूको प्रत्यक्ष संलग्नता छ । घटनामा प्रयोग गरिएको पेस्तोल शर्माले हत्यामा संलग्न गिरोहलाई उपलब्ध गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राईले बताउनुभयाे । चौधरीको हत्यामा संलग्न मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिम्सिना र सुनसरीको धरान– १० का ३४ वर्षीय अनसन तामाङ यसअघि पक्राउ परिसकेका छन् । 

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले गत बुधबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर तिम्सिना र तामाङलाई सार्वजनिक गर्नुभएकाे थियाे । डीआईजी बास्तोलाका अनुसार हत्यामा प्रयोग गरिएको पेस्तोल र ७ राउन्ड गोलीसहित तिम्सिना र तामाङलाई पक्राउ गरिएको हो ।  

चौधरीको गत साउन ५ गते धरानको सेउती पुलनजिकै गोली हानेर हत्या गरिएको हो । २८ औं जन्मदिन मनाउने क्रममा घुमघामका लागि धनकुटाको मुलघाटसम्म पुगेर विराटनगरस्थित घर फर्कने क्रममा लुटेरा समूहले चारकोसे जंगलको बीचमा चौधरीमाथि गोली हानेको थियो । 

गम्भीर घाइते चौधरीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार घुमफिर सकेर विराटनगर फर्किने क्रममा चौधरी र साथमा रहेकी युवती सेउती पुलनजिकै जंगलमा रोकिएका थिए । ‘सोही क्रममा लुटेरा समूहले युवतीले लगाएको सिक्री र पैसा लुटपाट गर्न खोज्यो,’उहाँले भन्नुभयाे,‘चौधरीले प्रतिकार गरेपछि उनीमाथि गोली प्रहार गरिएको खुलेको छ ।’ 
 

annapurnapost 


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन