fbpx

काठमाण्डौंमा प्रहरी हवल्दारको बर्दी लगाएर सुन लुट्ने ६ जना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौं महानगरपालिका १८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट १० तोला सुन लुट्ने ६ जना पक्राउ परेका छन्।

प्रहरी हवल्दारको बर्दी लगाएर उनीहरुले सुनका गहना बनाउने कारखानामा लुटपाट गरेका थिए। भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले न्युरोडमा सुनका गहना बनाउने कारखाना सञ्चालन गरिरहेका थिए।

चुनावको पूर्वसन्ध्यामा धादिङ घर भई हाल गैरीगाउँ बस्ने २८ मनिला तामाङ, सुमन राईसहित मिलेर पेस्तोल देखाई डर धम्की दिएर सुनका गहना बनाउने कारखाना लुटेका थिए।

जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेस मैनालीका अनुसार जिल्ला प्रहरी परिसर र प्रहरी वृत जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाण्डौंको विभिन्न स्थानबाट प्रक्राउ गरेको हो।

मनिला तामाङको कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१ प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक एक जोर बरामद गरेको छ।

यसका साथै उनको कोठाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल बरामद गरेको छ।

source:- annapurnapost


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर