fbpx

स्रोत नखुलेको ३ लाँख ५६ हजार रकमसहित एक व्यक्ति पक्राउ

author

समाचारपाटी

१ year अगाडि

विराटनगर । स्रोत नखुलेको रकमसहित विराटनगर महानगरपालिका १५ बाट प्रहरीले सोमबार साँझ एक जनालाई पक्राउ गरेको छ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले मोरङको जहदा गाउँपालिका १ का ३२ वर्षीय उदियानन्द सरबरियालाई पक्राउ गरिएको जानकारी दिनुभयाे।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सरबरियालाई रानीस्थित इलाका प्रहरी कार्यालय सीमाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

एसपी राईका अनुसार शंका लागेर चेकजाँच गर्दा सरबरियाको साथबाट नेपाली ३ लाँख ५६ हजार २ सय १० रूपैयाँ फेला परेको थियो। उक्त रकमको स्रोत खुलाउन नसकेपछि सरबरियालाई पक्राउ गरिएको उहाँले बताउनुभयाे।

बरामद गरिएको रकमसहित सरबरियालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ। सरबरियाको साथबाट बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको आशंका छ।


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...