रुपन्देहीमा बलात्कार गरेकाे आरोपमा तीन जना पक्राउ

author

समाचारपाटी

१0 महिना अगाडि

भैरहवा । रुपन्देही प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा कोटहीमाई गाउँपालिका कार्यालयका दुई कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ। कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी,उद्यम विकास सहजकर्ता मुकेश चौधरी र बंटी भन्ने शैलेश पाण्डे पक्राउ परेका हुन्।

रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड (कहार)ले कार्यालयका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको पुष्टि गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको मैले पनि फेसबुकहरुबाट थाहा पाए। कानुनअनुसार प्रक्रिया अघि बढ्छ ।’

‘जबरजस्ती करणी मुद्दामा तीन जनाको नाम किटान गरेर जाहेरी प्राप्त भएको छ’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टले भन्नुभयाे ‘जस अनुसार हामीले तीन जना युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ। पुरै विषय खुलिसकेको छैन ।’

उहाँले सामुहिक बलात्कार भएरनभएको लगायत विषयमा अनुसन्धान भइरहेकोले अहिले नै केही भन्न नसकिने बताउनुभयाे। घटना केही दिन अघिको र घटनास्थल लुम्बिनी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन