fbpx

पर्सामा ठूलो परिमाणमा लागुऔषधका एक कारोबारी पक्राउ

author

समाचारपाटी

३ महिना अगाडि

वीरगन्ज । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा र चरेससहित एक कारोबारीलाई पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ अकवा गाउँका विषमोहन चौधरीको घरमा बिहीबार राति छापा मारेर १९२ केजी चरेस र २६७ केजी गाँजासहित कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली गाउँका ४० वर्षीय फुलसरिफ मियाँलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मियाँ गाँजा र चरेसका नामूद कारोबारी भएकाे प्रहरीले जनाएकाे छ । मियाँका साझेदार चौधरी भने फरार रहेका छन् । स्रोतका अनुसाार, मियाँ र चौधरीले मकवानपुर र धादिङ जिल्लाको पहाडी भेगमा उत्पादित गाँजा र चरेस भरियामार्फत पर्सामा ल्याएर भारतमा तस्करी गर्दै आएका थिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दीपक भारतीले भन्नुभयाे गाँजा र चरेससहित मियाँलाई लागुऔषधसहित पक्राउ गरिएको जानकारी दिनुभयाे।

उहाँका अनुसार,अकवा गाउँको बासघारीमा लागुऔषाधको खरिदबिक्री भइरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी टोली खटिएको थियो । उक्त प्रहरी टोलीले अकवा गाँउको बाँसघारीमा लुकेर बसेको अवस्थामा मियाँलाई पक्राउ गरेको थियो । त्यसपछि सोधपुछ गर्दा मियाँले नै दिएको जानकारीका आधारमा बासघाँरीमा खाल्डो खनेर राखिएको १९२ किलो चरेस र गाँजाको धुलो (पोलान्ड) २६७ केजी फेला परेको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयाे । मियाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको भारतीले जानकारी दिनुभयाे ।


काठमाडौं

शुक्रबार, कार्तिक १६, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन