एपिएफ प्रधानमन्त्री कप महिला क्रिकेटको प्लेअफमा

author

समाचारपाटी

२ years अगाडि

सशस्त्र प्रहरी बलको एपिएफ बुधवार पाँचौं जित निकाल्दै जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कर्णाली प्रदेशमाथि ९२ रनको रबाफिलो जित निकाल्दै एपिएफ दुई खेल अगावै प्लअ‍ेफमा पुगेको हो । ओपनरद्वय राजमति ऐरी र ममता चौधरीको शतकीय साझेदारीमा एपिएफले कर्णालीलाई सहजै हरायो । समान पाँच खेलमा एपिएफ अपराजित छ भने कर्णाली जितविहीन टोली हो । राजमति र ममताले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरेका थिए । सोही प्रेरणामा एपिएफले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाउँदै कर्णालीसामु १६१ रनको चुनौतीपूर्ण लक्ष्य प्रश्तुत गर्यो । 

ममता ६२ रनमा रनआउट भइन् । उनी १५.६ ओभरमा पहिलो विकेटको रूपमा पवेलियन फर्किइन् । उनको इनिङमा आठ चौका रह्यो । त्यसपछि राजमतिले इनिङ समाल्दै ६७ रनको योगदान दिइन् । अन्तिम ओभरको चौथो बलमा त्रिसना विश्वकर्माद्वारा बोल्ड हुनुअघि राजमतिले ५५ बलमा ९ चौका र दुई छक्का प्रहार गरिन् । रोमा थापाले ९ बलमा १३ रन जोड्दै राजमतिलाई साथ दिइन् । जवाफी ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभर नै खेले पनि आठ विकेटको क्षतिमा ६८ रन मात्र जोड्दै एपिएफलाई नतिजा सुम्पियो ।

ओपनर तथा कप्तान किरण कुँवर १ रनमै पवेलियन फर्किइन् । अर्की ओपर त्रिसनाको १९ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । शिर्ष क्रमका ब्याटर सहजै पवेलियन फर्किंदा गौरी बोहोराले १२ रन र रश्मि खड्काले १० रनको योगदान दिए पनि कर्णालीलाई पाँचौं हार सामना गर्नबाट रोक्न सकेनन् । एपिएफका बलर करुणा भण्डारीले चार ओभरमा एक मेडन राख्दै मात्र १३ रन खर्चदै चार विकेट लिइन् । सुमन विष्टले दुई तथा विनु मगर र सीता रानामगरले समान एक विकेट लिँदै कर्णालीको इनिङ धरासायी बनाए ।

बुधवार नै कोशी र सुदूरपश्चिम प्रदेशले आआफ्ना खेलमा सफलता निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउँदा बागमतिको सम्भावना पनि जीवन्त छ । मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशमाथि ५५ रनको जित निकाल्दै कोशी प्रदेशले चौथो जित निकाल्यो । कोशीले एक मात्र एपिएफसँग सामना गरेको थियो । कोशीले बिहीवार अर्को बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ । त्यो खेलले नै कोशीको प्लेअफ यात्रासँगै शिर्ष दुईको दाबेदारी प्रश्तुत गर्नेछ । समान पाँच खेलबाट कोशी र सुदूरपश्चिमको समान आठ अंक छ । 

सुदूरपश्चिमले पनि एक मात्र हार एपिएफसँग नै व्यहोरेको हो । बुधवार पराजय व्यहोरेको गण्डकी समान खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ । कोशीले प्रश्ततु गरेको एक सय चार रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमै समेटियो । गण्डकीकी सुमन खतिवडाले २१ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कोशीका लागि कप्तान रुविना क्षेत्रीले तीन, संगीता राई र एलिशा खडियाले समान दुई तथा अप्सरी बेगमले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ३ रनको योगफल बनाएको थियो ।

निकै खराब शुरुवात गरेको कोशीका शीर्ष तीन ब्याटर कप्तान रुविना ४ रन, काजल श्रेष्ठ ६ रन र अप्सरी बेगम १ रनमै पवेलियन फर्किए । तर, त्यसपछिका ब्याटर विमला मलाहाले २५, संगीता राईले अविजित २३ र लकिता राजवंशीले २२ रन जोड्दै कोशीलाई सामान्य योगफलतर्पm अग्रसर गराए । गण्डकीका कुशुम गोदार र श्रृष्टि जैसीले समान दुई तथा रचना चौधरी, सुमन खतिवडा र आकृति तिवारीले समान एक विकेट लिए । 


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन