पोखरा । सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीले आफ्नो १९ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा गणमा कार्यरत ६६ जना सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरुले रक्तदान गरेका छन् । बुधबार बिहान ८ बजेबाट सुरु भएको उक्त रक्तदान कार्यक्रममा संकलित टट युनिट रगत नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्धारा संचालित प्रादेशिक रक्तसंचार सेवा, पोखरालाई हस्तान्तरण गरिएको थियो।

मिति २०२१ चैत्र २१ गते पोखराको मालेपाटनमा स्थापना भएको सशस्त्र प्रहरी बलको कालिका गणले १९ औँ स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थाहरु संग जोडिएर खेलकुद, विपद् सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षारोपण र रक्तदान गरी सप्ताहब्यापी विभिन्न कार्यक्रम संचालन गरेको थियो। कालिका गणलाई गण्डकी प्रदेशमा विपद् उद्घारकहरुको युनिटका रुपमा समेत चिनिने गरिन्छ।