पोखरा । जिल्ला कास्की पोखरा महानगर-२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि नजिककाे बस्ति डुवानमा परेकाे छ ।
डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको बिषेश विपद् उद्धार टोलिले सकुशल उद्धार गरेको छ। जिल्ला गुल्मी स्थायी घर भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षिय राम बहादुर अधिकारी, वर्ष ३९ कि सृजना अधिकारी, वर्ष ६ को आयुष अधिकारी र वर्ष ४ की आयुष्का अधिकारीलाई डुब्न लागेको अवस्थामा स्थानीयहरुको सूचनाका आधारमा विहान ८ बजे उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिनुभयाे।

असार २६ गते विहान ४ बजे जिल्ला कास्की पोखरा २७ सहेलापाटा निवासी वर्ष ५१ का मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर देखी अन्दाजि २० मिटर माथिबाट पहिरो खसी घर कोठा पुरिन जादा अन्दाजि ५० की कमला थापालाई डाडाकोनाक प्रहरी र स्थानियले सकुशल उद्धार गरेको थियो।
निजको छोरा वर्ष अन्दाजि २२ को भिम बहादुर थापालाई सशस्त्र प्रहरी बल कालिका गण, नेपाली सेना कृष्णदल गण र नेपाल प्रहरीको संयुक्त टोलीले विहान करिव ७ बजे मृत अवस्थामा निजको शव उद्धार गरेको समेत गणपति एसपी शर्माले जानकारी दिनुभएकाे छ।