fbpx

कृषि समितिमा आरजु देउवा निर्वाचित, कृषिको कार्यमा समन्वयकारी भुमिका निभाउछु

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित हुनुभएको छ । 


सोमवार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताउनु भयो । उहाँले संविधान अनुरुप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताउनु भयो । उहाँले कृषी वृहत क्षेत्र रहेको भन्दै आफूले सदैव समन्वयकारी भुमिका निर्वाह गरेर अघि बढ्ने बताउनु भयो । 


देउवाले भन्नुभयो, ‘समिति बनेको धेरै त भएको छैन । धेरै ब्रिफिङ लिएर पहिले डिसीजन भइसकेको जस्तो लाग्छ । मन्त्रीले पनि समय दिइरहनुभएको छ । मन्त्रालयका सचिवहरुले पनि ब्रिफिङ गरिरहनुभएको छ । धेरै वृहत कार्य भएको क्षेत्र हो । यो कार्यक्षेत्रमा जति पनि माननियज्युहरु हुनुहुन्छ आफ्नो

यरीयामा पोख्त, ज्ञानी, अनुभवि हुनुहुन्छ । त्यही कारणले समितिको सभापतित्व गर्न जमर्को राखेको हुँ । जतिपनि माननिय ज्यूहरुको प्रश्तुती, उहाँहरुको इन्फरमेसन इन्डेप्थ छ । अन्तर्राष्ट्रिय रुपमा पनि उहाँहरुलाई धेरै कुरा थाह भएको छ । सभापति भनेको कोर्डिनेटरको भुमिका हो ।

यहाँ साथीहरुले दिनुभएको सुझाव, यहाँहरुले देखाउनुभएको मार्गमानै अगाडी कामकाज बढाउने योजना छ । त्यस हुनाले मलाई एकदमै खुसी लागेको छ । राम्रो सहकर्मी साथीहरुसँग मिलेर केही काम गर्न पाउँछु होला भन्न चाहन्छु । संबिधान अनुरुप र जनताको आशा अनुरुप सरकारलाई दिने पोलीसी,डिरेक्सनहरु र सरकारको काम गर्ने तौरतरीकामा गर्न सक्ने इम्प्रुभ्मेन्टमा सफलताका साथ अगाडी बढोस् भनेर भन्छु ।’ 

उहाँले संवद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भुमिका खेल्ने बताउनु भयो ।


काठमाडौं

सोमवार, मंसिर १७, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन