fbpx

मोरङको लेटाङका २ वटा घरबाट प्रतिबन्धित औषधि बरामद,एकजना पक्राउ, एक फरार

author

समाचारपाटी

१२ महिना अगाडि

विराटनगर । मोरङको लेटाङका २ वटा घरबाट प्रहरीले शनिबार बिहान प्रतिबन्धित औषधि बरामद गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले लेटाङ नगरपालिका–३ का अलगअलग घरबाट प्रतिबन्धित औषधि बरामद गरेको हो। बिना इजाजत प्रतिबन्धित औषधि लुकाएर एवं संचय गरेर घरमा राख्ने एक जना पक्राउ परेका छन्। अर्का एक जना फरार रहेका छन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घरमा खानतलासी गर्दा नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि बरामद भएपछि लेटाङ–३ का तेजनकुमार राईलाई प्रक्राउ गरिएको छ। अवैध प्रतिबन्धित औषधि लुकाएर राखेको विशेष सूचनाका आधारमा लेटाङ प्रहरीले बिहान ७ बजेतिर राईको घरमा छापा हानेको थियो। 

राईको घरमा खानतलासी गर्दा संचय गरेर राखिएको ट्रामाडोल २ सय ६६ चक्की र स्पासपेन १ सय ८० चक्की बरामद भएको डीएसपी दाहालले बताउनुभयाे। प्रतिबन्धित औषधिसहित पक्राउ परेका राईलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाउने तयारी गरेको छ। 

त्यस्तै, लेटाङ–३ का श्यामकुमार लिम्बूको घरबाट पनि प्रहरीले प्रतिबन्धित औषधि बरामद  गरेको छ। डीएसपी दाहालका अनुसार घरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा ट्रामाडोल २ सय चक्की र स्पासपेन ५ सय २२ चक्की बरामद भएको हो। लिम्बू भने घरमा नभेटिएकाे प्रहरीले बताएकाे छ। फरार लिम्बू को खोजी तीव्र पारिएको दाहालले बताउनुभयाे। 

प्रतिबन्धित औषधि मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। लागूऔषधका दुव्र्यसनीले ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लागाएको हो। 

गाउँघरमा लागूऔषधको कारोबार र दुव्र्यसनी बढेसँगै नियन्त्रणमा लिन लेटाङ प्रहरीले विशेष अप्रेशन चलाएको छ। दाहालका अनुसार प्रहरी सक्रियता बढाइएसँगै प्रतिबन्धित औषधि बरामद हुने र त्यसको कारोबार एवं सेवनमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। 

source:-annapurnapost


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो