कपिलवस्तुमा बुद्धको वंश संहारको कथा मूर्तिमा उतारियो

author

समाचारपाटी

१ year अगाडि

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको वंश विनाशको कथा मूर्तिमा उतारिएको छ । कपिलवस्तुमा रहेको बुद्धको वंश नाश भएको स्थान सरगहवामा आयोजना गरिएको मूर्तिकला कार्यशालामा देशभरबाट छानिएका मूर्तिकारहरुले गौतम बुद्धको वंश विनाशको कथालाई मूर्तिमा उतारेका हुन् । ईसापूर्व चौथो शताब्दीमा भएको शाक्य वंश सम्हारको कथालाई मूर्तिमा उतार्दै बुद्धको जन्मभूमि नेपालबाट विश्वलाई शान्तिको विकल्प नभएको सन्देश दिनेगरी मूर्तिहरु तयार गरिएको झापाका मूर्तिकार गंगाधर सारुले बताउनु भयो । बुद्ध, शान्ति र युद्ध अथवा शाक्य राज्यको पतनको झल्को मूर्तिमार्फत दिएर द्वन्द्वले विश्वमा निम्त्याईरहेको नरसंहारलाई रोक्न पनि ती मूर्तिहरुले शान्तिको विकल्प नभएको सन्देश दिने उहाँको भनाई थियो । 
मूर्तिकार सारुले भन्नुभयो, ‘मेरो मूर्तिको शिर्षक चाहीँ निर्विकल्प शान्ति हो । वर्तमान विश्व द्वन्द्वग्रस्त अवस्थामा छ । राजाहरुको द्वन्द्वको कारणले यो द्वन्द्व बढिराखेको छ । द्वन्द्वकै कारण शाक्य वंशको विनाश भयो । त्यसकारण शान्तिको विकल्प छैन । दम्भ, अहंकार, अभिमानले चाहीँ विनाश गर्छ भन्ने मेरो मूर्तिको सन्देश हो ।’

रुपन्देहीबाट आएका अर्का मूर्तिकार गोविन्द चौधरीले मूर्तिको माध्यामबाट आफूहरुले बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैल्याउने काम गरेको बताउनु भयो । उहाँले युवाहरुलाई मूर्तिकला सिक्न र त्यसबाट आफ्नो नाम र काम दुवै आर्जन गर्न पनि आह्वान गर्नुभयो । 
मूर्तिकार चौधरीले भन्नुभयो, ‘नयाँ पुस्तालाई मैले के भन्न चाहन्छु भने तपाईहरु पनि पढ्नुस् । ललितकला क्याम्पस पढेर तपाईहरु पनि कलाको सृजना गर्नुस् । तपाईहरुको भविष्य उज्वल छ । तपाईहरु देश, विदेश पुग्न सक्नुहुन्छ । हाम्रा यहाँका थुप्रै कलाकारहरु यस्तो हुनुहुन्छ, जो कोही कारिया, कोही चाइना, जापान, मलेसिया, युरोपतिर थुप्रै देशहरुमा गएर आएर यहाँ काम गरेका कलाकार साथीहरु पनि हुनुहुन्छ । यसर्थ हामीलाई अनुभवले के भन्छ भने अब आउँदो समयका लागि कला सृजना भनेको महत्वपूर्ण पाटो रहनेछ । कलाले हामीले केही गरेर देखाउन सक्छौ । र युवाहरुले पनि यो सिक्नुभयो भने उहाँलाई जीविकोपार्जन पनि यसबाट छ । र मरेर गएपछि पनि यो त सधैं रहिरहन्छ । यसले हाम्रो कीर्ति पनि रहिरहनेछ । सधैं हाम्रा नाम रहन्छ । त्यही भएर युवाहरुलाई मैले अनुरोध गर्न चाहेँ ।’

गत पुस १३ गतेबाट शुरु भएको सो राष्ट्रिय मूर्तिकला कार्यशाला माघ ८ गते सम्पन्न भएको हो । कपिलवस्तुको सगरहवामा कौशल राज्यका राजा विरूढकले ७७ हजार शाक्यहरूको सामूहिक नरसंहार गरेका थिए । तिलौराकोटदेखि नजिकै रहेको क्षेत्रमा भएको घटना विभिन्न बौद्ध साहित्यमा उल्लेख भएको छ ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार २९, २०८२

२९.९८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले अहिले पनि नौजवान पार्टी होः योगेशभट्टराई

‘नेपालमा कुलिङ पिरियड र अडान छोडेको रास्वपा’

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक