fbpx

पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्घाटन

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा निर्माण भएको शिवालाय मन्दिरको शनिबार उद्घाटन गरिएको छ । यही मंसिर १७ गतेदेखी जारी ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्र्तगत सोही स्थानमा निर्माण सम्पन्न भएको मन्दिरको उद्घाटन गरिएको हो ।

यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले मन्दिरको उद्याटन गरेका हुन् । ६ महिना पहिला मन्दिरको शिलान्यास गरिएको थियो । यस्तै आजै शवदहन स्थल (सेती नदी) जाने बाटो (सिँढी)को पनि शिलान्यस गरिएको छ । पट्नेरीबाट सेती नदीसम्म जानका लागि गोरेटो बाटो भए पनि व्यवस्थित नहुदाँ शवदहनको लागि आवतजावत गर्न असहज हुने गरेको छ । बाटोको ज्येष्ठ नागरिक सिता ढकाल, पार्वती ढकाल र शुसिला थापाले संयुक्त रुपमा शिलान्यास गर्नुभयाे । नदीसम्म पुग्नका लागि एक सय आठ सिँढी निर्माण हुने यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिनुभयाे ।

आज उद्याटन भएको शिव मन्दिर प्रवेश गर्ने मुलद्धार निर्माणको जिम्मा पुष्कल ढकालले लिनुभएकाे छ । ढकालले मुलद्धारको आजै शिलान्यास गर्नुभएकाे छ । महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटो निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको थियो । यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिनुभयाे ।

यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिनुभयाे ।

प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको आवश्यक रहेको बताउदै यज्ञ स्थलमा आएर हौसला बढाइदिन आग्रह गर्नुभएकाे छ ।
यज्ञमा ठुलो संख्यामा भक्तजनहरुको उपस्थितिमा दैनिक संगितमय कथा प्रवचन भइरहेको छ । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।


काठमाडौं

बुधबार, माघ ९, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन