fbpx

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु, एकजना भारतीय नागरिक वेपत्ता

author

समाचारपाटी

२ years अगाडि

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ ।  एकजना भारतीय नागरिक वेपत्ता छन् भने अर्का एकजनाको हेलिकोप्टरमार्फत् जिवितै उद्दार गरिएको छ । 

भारतका बालजितको सात हजार ५०० मिटर उचाईबाट कैलाश एयरको हेलिकोप्टरले मंगलबार दिउँसो उद्दार गरिएको उद्दारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिनुभयाे ।

उहाँ काठमाडौंको पायनर ट्रेकिङ कम्पनीमार्फत् अन्नपूर्ण आरोहणमा जानुभएकाे थियाे । शेरचनका अनुसार सेभेन समिट ट्रेकबाट आरोहणमा भएका नोयल नाम गरेका आरोहीको शव छ हजार मिटरको उचाईबाट आज दिउँसो आधार शिविरमा झारिएको छ । उहाँको परिचय खुलेको  छैन।

नोयल र बालजित मंगलबार बिहानदेखि बेपत्ता हुनुभएकाे थियाे । सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिनुभएकाे छैन् । सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईका अनुसार आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार ५०० मिटरको उचाईबाट वेपत्ता हुनुभएकाे थियाे ।  

उद्दार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । वेपत्ताको खोजीमा सिम्रिक,कैलाश, एयर अल्टिच्युट र एभरेष्ट एयरका चारवटा हेलिकोप्टर परिचालन भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरू भएको थियो । 


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन