अन्नपूर्ण मिडिया नेटवर्कले 'अन्नपूर्ण राइड फर लाइफ-२०२३'' सम्पन्न गरेको छ। विश्व क्यान्सर दिवसको अवसर आयोजना गरेको साइलक र्यालीमा सहभागीलाई विभिन्न पुरस्कार प्रदान गरिएको छ।
र्यालीमा सहभागी सहभागी १ हजार ५ सय जनालाई लक्की ड्रमार्फत विभिन्न पुरस्कार वितरण गरिएको छ। र्यालीमा सहभागी सबैले क्यान्सरविरुद्ध सचेतता जगाउन भूमिका खेलेको भन्दै सबैलाई लक्की ड्रमा सहभागी गराइएको थियो।
लक्की ड्रमार्फत गोसाइकुण्ड राउण्ड ट्रिप सुजित लामाले जितेका छन्। जसअन्तरगत सिम्रिक हेलिकोप्टरबाट एक जोडीले गोसाइकुण्डको राउण्ड हवाइ ट्रिप प्राप्त गर्नेछ।
त्यस्तै अनिल सिग्देलले चन्द्रागिरी हिलमा 'वान नाइट स्टे' सुविधा पाउने भएका छन्। जसअन्तर्गत एक जोडीले चन्द्रागिरी हिलमा डिनरसहितको एक दिन बस्ने सुविधा पाउनेछ।
पन्चबाइकले साइक्लिङ ज्याकेटसहितका सामग्री १० जनालाई वितरण गरेको छ। साइक्लिङ सामग्री प्राप्त गर्नेमा मञ्जु शाक्य, राजेन्द्र बज्रचार्य, सपना बज्रचार्य, रामेश्वर घिमिरे, सन्तोषमनि बैद्य, सुजेश महर्जन, दिपक बज्राचार्य, रवि मानन्धर, पेम्बा छिरिङ लामा छन्।
त्यस्तै फूटमाडौंले १०जनालाई 'खानाको प्याकेज उपलब्ध गरराएको छ। यो सेवा पाउनेमा जीवेश श्रेष्ठ, सुरज खड्का, रञ्जित बोगटी, रामचन्द्र जिसी, सचिन श्रेष्ठ, नितिज राजभण्डारी, अभिषेक श्रेष्ठ, सम्साद आलम, शेखर ताम्राकार, जनक तिवारी छन्।
त्यस्तै राजेश महर्जन, अमु राजभण्डारी, लक्ष्मण डंगोलले अन्नपूर्ण एक्सप्रेस दैनिक एक वर्ष प्राप्त गर्नेछन्। देवराज केसी, नारायणकुमार श्रेष्ठ र मुकेशकुमार शाहले अन्नपूर्ण दैनिक एक वर्ष प्राप्त गर्नेछन्।
सहभागीलाई अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सचन थापा, प्रधानसम्पादक अखण्ड भण्डारी, डेपुटी जेनेरल म्यानेजर विकास श्रेष्ठ, अन्नपूर्ण पोस्टका पोलिटिकल व्युरो चिफ नरेन्द्र साउद, फाइनान्स प्रमुख सुनिल पौडेललगायतले पुरस्कार वितरण गरेका छन्।
annapurnapost