fbpx

सामुदायिक वन उपभोक्ता महासंघ अन्नपूर्णकाे दोश्रो अधिवेशन सम्पन्र साथै नयाँ कार्य समिति चयन

author

समाचारपाटी

१ year अगाडि

पाेखरा । सामुदायिक वन उपभोक्ता महासंघ अन्नपूर्ण गाउँपालिकाको दोश्रो अधिवेशनले बाबुराम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दुर्गाप्रसाद
पौडेल,पूर्णकुमारी क्षेत्री, कोषाध्यक्षमा गिता पौडेल, सदस्यहरुमा दर्गादत्त दाहाल, शोभाखर अधिकारी, हरिमाया अधिकारी र सुभित्रा गुरुङ रहनु भएको छ । बाँकी सदस्य समितिको बैठकले मनोनित गर्ने छ ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी दाहाल, लक्ष्मी सुवेदी, दिलमायासुनारा, राधा अधिकारी, नारायणप्रसाद पौडेल, हरिबहादुर केसी, प्रमेवहादुर केसी, चेतभक्त लम्साल र जिता पौडेल, सुष्मा दाहाल, कविता विश्वकर्मा, चुडामणी पौडेल, अनन्तराज अधिकारी धनपति अधिकारीलाई जिल्ला अधिवेशन प्रतिनिधिमा निर्वाचित गरेको छ ।

अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अधिवेशनको उद्घानट गर्दै प्राकृतिक श्रोतको व्यवस्थापनमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुको विकल्प नरहेको बताउनुभयो । उपभोक्ताको कठोर मेहनतबाट उजाड वन हराभरा भएको स्मण गर्दै उहाँले वन पैदावारको निकासीमा देखिएका कानूनी अड्चन हटाएर प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिनुभयो ।

वनलाई आयआर्जनको श्रोत बनाउन समुहसंग सहकार्य गर्न गाउँपालिका कठिवद्ध रहेको उल्लेख गर्देै अध्यक्ष केसीले भन्नुभयो,
वनको संरक्षण, संवद्धनसंगै उपभोक्तालाई आयआर्जनसंग जोडने खालको स्थानीय वन ऐन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले महासंघमा मुलुकका २२ हजार चार सय ३३ समुह आवद्ध रहेको बताउँदै जन अन्तर्गत २९ लाख ७ हजार ८७१ घरधुरीले २२ लाख २७ हजार ६७० हेक्टर क्षेत्रफल ओगटेको जानकारी दिनुभयो ।

सर्वसुलभरुपमा वन पैदावार उपयोग र बिक्री वितरण गर्ने खालको निती निर्माण गरि हरित रोजगार सिर्जना गर्नुका साथै मानव बन्यजन्तुद्धन्द अन्त्यका लागि राज्य जिम्मेवार हुनुपर्नेमा उहाँको जोड थियो । गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले प्राकृतिक श्रोतमा स्थानीय वासिन्दाको पहुँच पुर्याउन अन्पूर्ण संरक्षण क्षेत्र (एक्याप)खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वन ऐन र विनियम र कार्ययोजनाको व्यवस्था अनुसार वनको संरक्षण, सम्वद्र्धन र उपयोग गर्न उपभोक्तालाई आग्रह गर्दै वनका हेराला उपभोक्तालाई दुःख नदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

स्थानीय महासंघका अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा महासंँघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, सवडिभिजन वन कार्यालयका थानेश्वर पौडेल, बाबुराम पौडेल, इन्द्रप्रसाद पौडेल लगायतले वनको महत्व र आवश्यकता माथि चर्चा गर्नुभएको थियो ।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन