fbpx

अप्टिमस ग्लोवलको ब्राण्ड एम्बासडरमा अनिल साह नियुक्त

author

समाचारपाटी

२ महिना अगाडि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार साह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।
नक्सालमा मंगलवार पत्रकार सम्मेलनमार्फत अप्टिमस ग्लोबललाई नेपाली क्रिकेट टोलीका ब्याटर अनिललाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोवलले राष्ट्रिय क्रिकेट खेलाडी साहलाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो । अप्टिमस ग्लोबलका अध्यक्ष असीम शर्मा मैनाली र क्रिकेटर साहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव राजीव गुरुङले पछिल्ला समय खेलाडीलाई शैक्षिक परामर्सदाताले खेलाडीलाई ब्राण्ड एम्बासडर नियुक्त गर्दै आएको उल्लेख गरे । उनले खेलाडीको अवस्था बुझेर नै यस क्षेत्रले खेलाडीहरूसँग सहकार्य गर्दै आएको धारणा राखे । 

शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रसंशा गरे । अनिलको कप्तानीमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको थियो । उनी सन् २०१८ देखि राष्ट्रिय क्रिकेट टिममा रही अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । क्रिकेटर साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुशी व्यक्त गरे । यस्तो सहकार्यलाई जारी राखेमा नेपाली क्रिकेटले थप उचाई प्राप्त गर्ने साहको विश्वास छ । उनले खेलकुद र शिक्षा एकआपसमा राम्रोसँग जोडिँदा आएको र खेलकुदलाई माया गर्ने अधिकांश विद्यार्थीहरू रहेको बताए । 


शैक्षिक परामर्शदाता अप्टिमस ग्लोवलले अमेरिका, अस्ट्र«ेलिया, न्युजिल्याण्ड, बेलायत लगायतका देशका विश्वविद्यालयको डिग्री हासिल गर्ने नेपाली विद्यार्थीको चाहनामा सहयोग गर्दै आएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...