fbpx

अम्विका भागवत् फाउण्डेशन नेपालको तेस्रो
साधारणसभा सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । अम्विका भागवत् फाउण्डेशन नेपालको तेस्रो साधारण सभा तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थालाई दिगो बनाउँनका लागि साधनस्रोत, अर्थ र जनशक्ति आवश्यकता रहेको बताउनुभयो । उहाँले फाउण्डेशनेले छोटो समयमा महत्वपूर्ण कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

साथै संस्थालाई सफल बनाउनका लागि तन, मन, बचन र कर्मले लागि पर्नुपर्नेमा उहाँको जोड थियो । फाउण्डेशनले गर्दै आएको शान्ति मावि जुम्लेटीको कार्यक्रममा नेलम्बो नेपालले सहकार्य गर्ने घोषण समेत उहाँले गर्नुभयो । कार्यक्रममा मानार्थ सदस्यबाट सम्मानित व्यक्तित्व कुसुमकेशब पराजुलीले संस्थाले गरेका कामको खुलेर प्रशंसा गर्नुभयो । उहाँले संस्थासँग सहकार्य गरेर कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सहकार्य गरेर कार्यक्रम गर्न सकिने बताउनुभयो । संस्थाका संरक्षक अम्विका नेपाल, रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, डाँफे मनास्लु कृषि फार्मका अध्यक्ष दावा कुमार लामा, संस्थाका उपाध्यक्ष अम्विका भण्डारी, बाल सदस्य निश्चल श्रेष्ठ लगायतले बोल्नुभएको थियो । फाउण्डेशनका अध्यक्ष भागवत् नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव देवी श्रेष्ठ गर्नुभएको थियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन सचिव देवी श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधवीनेपाल प्रस्तुत गर्नुभएको थियो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्थाले शान्ति मावि जुम्लेटी, आनन्द ज्योतीमावि बेगनास र वह्म ज्योति आधारभूत विद्यालय भरतपोखरीगरी१ सय २२ जना विद्यार्थीलाई अध्ययनका लागि सहायत गर्दै आएको छ ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...