fbpx

अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि

author

समाचारपाटी

१ year अगाडि

एम्नेष्टि इन्टरनेशनलले एशिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि रहेको बताएको छ ।

एम्नेष्टि इनटरनेशनलले विश्वको मानव अधिकारको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार हननका घटनामा कमी नआएको निस्कर्ष सार्वजनिक गरेको हो । आज विश्वभर एकसाथ निस्कर्ष सार्वजनिक भएको प्रतिवेदनमा एशिया प्रशान्त क्षेत्रमा रहेका भारत, बंगलादेश,इण्डोनेसिया,नेपाल,पाकिस्तान,श्रीलंका र थाइल्याण्ड लगायतका देशहरुमा स्वतन्त्रता माग गर्नेहरु माथि सरकारले स्वेच्छाचारी गिरफ्तार गर्ने,लामो समय हिरासतमा राख्ने काम निरन्तर गरिरहेको तथ्य सार्वजनिक गरेको हो । नेपाल लगायतका देशमा अधिकार माग गर्ने व्यक्ति तथा समूहलाई दबाउन अत्याधिक बल गर्ने तथा घातक बल प्रयोग भएको बताएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै एम्नेष्टि इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालको सबै सरकारले निरन्तर दमन गर्ने र असहिष्णु व्यवहार गर्ने गरेको बताउनु भयो ।

मंगलवार सार्वजनिक भएको प्रतिवेदनमा विकशित र ठूला भनिएका देशहरुले मानवअधिकारको विषयमा दोहोरो मापदण्ड देखाएको सार्वजनिक गरिएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक अस्मिता सापकोटाले मानव अधिकारका सवालमा विभिन्न देशहरुले विषय अनुसार फरकफरक धारण बनाएको र त्यसै अनुसार व्यवहार गरेर मानवअधिकार संरक्षणमा दोहोरो मापदण्ड बनाएको बताउनु भयो । 

एम्नेष्टि इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा मुख्यगरी विश्वभर असहमतिको निर्मम दमन भइरहेको,राज्यले अधिकार संरक्षण नगर्दा महिलाहरु मारमा परेको मानवताका निम्ति रहेका खतराहरु बिरुद्धको विश्वव्यापी कारबाही खेदजनक रहेको भन्न अपर्याप्त रहेको बताएको छ । प्रतिवेदनले विभिन्न देशहरुले मानवअधिकार रक्षाको सवालमा निर्लज्ज भएर दोहोरो मापदण्ड स्थापित गदै गएको बताएको छ । नेपालको विषयमा प्रतिवेदनमा हास्य कलाकारको प्रस्तुतीमा सरकारले दोहोरो मापदण्ड बनाएको, मिटरब्याजी पीडितहरुको आन्दोलनमा प्रहरी लगाएर निर्ममतापूर्वक दमन गरेको उल्लेख छ । त्यस्तै प्रतिवेदनमा नागरिकता प्राप्ती गर्ने समान अधिकारबाट वञ्चित गरेको पनि उल्लेख गरेको छ । एम्नष्टि इन्टरनेशनलले मार्च २८ का दिन विश्वभर एकसाथ मानवअधिकार सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दछ ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन