यमनको हुथी समूहले शनिवार साना प्रान्तमा अर्को अमेरिकी निर्मित एमक्यु–९ ड्रोन खसालेको बताएको छ । स्थानीय रूपमा निर्मित सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रयोग गरेर ड्रोन खसालिएको थियो । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीद्वारा प्रसारित एक विज्ञप्तिमा हुथी सैन्य प्रवक्ता याह्या सरियाले प्यालेस्टिनीहरूको लागि समूहको समर्थन पुष्टि गर्दै यसको कार्यहरू गाजामा इजरायली आक्रमण बन्द नभएसम्म र घेराबन्दी नहटाएसम्म जारी रहने बताउनु भयो । सारियाले प्यालेस्टिनीहरूसँग ऐक्यवद्धता देखाउन आयोजित सामूहिक विरोध प्रदर्शनलाई सम्बोधन गर्दै हुथी समूहले नोभेम्बर २०२३ पछि खसालेको २० औं अमेरिकी एमक्यु–९ ड्रोन खसालेको दाबी गर्नुभयो ।
इजरायल र अमेरिकी युद्धपोतहरूमा आक्रमण गर्नबाट समूहलाई रोक्न मार्च १५ मा वाशिंगटनले यमनमा हुथी लक्ष्यहरूमा हवाई आक्रमण पुनः शुरु गरेपछि हुथी समूह र अमेरिकी सेनाबीच तनाव बढेको छ ।उत्तरी यमनको विशाल क्षेत्रहरू नियन्त्रण गर्ने हुथीहरूले गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन नोभेम्बर २०२३ देखि इजरायली लक्ष्यहरूमा आक्रमण गरिरहेका छन् ।
सिन्ह्वा