fbpx

अमेरिकी छोरीको कथा

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । अमेरिकी नागरिक म्यागी डोएनले नेपाललाई सगरमाथा वा पर्यटक शहर पोखरा मार्फत चिनेकी होइन । जून गन्तव्य विदेशी पर्यटक माझ नेपाललाई सुन्दर देखाउने एउटा उदाहरण हुन् । १९ वर्षको उमेरमा भारत घुम्न आएकी डोएनले नेपाली श्रमिक मार्फत पश्चिम नेपालको दृष्टान्त सुन्नुभयाे । त्यसै क्रममा उहाँ यात्रामा निस्किन कर्णाली तर्फ । यात्राको क्रममा सुर्खेत पुगेकी डोएनले नदी किनारमा बालबच्चाले गिटी कुटिरहेको देख्नुभयाे । यो दृश्यले अमेरिकामा शिक्षाको सहज पहुँच पाएर हुर्केकी डोएनका लागि घोच्यो ।

‘खोलामा कति धेरै बच्चा । गिटि कुट्ने ? यो सानो बच्चा किन गिटी कुट्ने यो घाममा चिसोमा सोधेँ । यो एक ब्याग बेचेपछि १ सय आउँछ खाने पैसा आउँछ । तब मैले आफू ६ वर्षको उमेरमा पढ्न सिकिरहेको खेलेको कुरा सम्झिएँ । यो न्यायपूर्ण लागेन,’डोएनले भन्नुभयाे । एनसिएल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन भएको अमेरिकी छोरी,नेपाली आमा सत्रमा कुराकानी गर्दै उहाँले पश्चिम नेपालको भ्रमणले फरक ढंगले नेपालसँग आफनो परिचय जोडिएको बताउनुभयाे ।

सत्रका सहजकर्ता, बालरोग विशेषज्ञ तथा लेखक नवराज केसीले म्यागीलाई नेपाल आउँदाको पहिलो अनुभव सम्झाए । म्यागी आफनो नेपालको पहिलो यात्रालाई गाहे मान्निछन् । ‘सुरुमा मेरो यात्रा नेपालमा धेरै गाहे भयो । म युवक थिए मसँग केही उत्तर
थिएन । १९ वर्षको बच्चासँग केही थिएन । म कर्णालीमा हिँड्दै थिए । म अनुभव लिँदै थिए । अमेरिकन महिला जसले शिक्षा पायो जसले अरुको पीडा देखेको थिएन ।

यो यात्रामा मैले यी सबै देखेँ महसुस गरेँ,’ म्यागीले भन्नुभयाे । यही दृश्यले उहाँलाई चिमोट्यो । आफू शिक्षादिक्षामा सहज वातावरणमा हुर्केकी म्यागीले ती बच्चाहरुको जीवन नजिकबाट नियाल्नुभयाे । त्यही समय उहाँले निर्णय गर्नुभएकाे थियाे यसरी बालबालिकालाई किनारमा गिटी कुट्न दिन्न । १९ वर्षकी बालिका जो सँग योजना वा रकम केही थिएन मात्र थियो त प्रश्न र इच्छा । यही क्रममा उहाँ आफनो देश फर्किएर नदी किनार भेटिनुभएका बालबालिकाका लागि सपना लिएर आउनुभयाे । उहाँले २००९ सालमा कोपिला भ्याली विद्यालय खोल्नुभयाे ।

समाजसेवी उहाँले सिएनएन हिरो अवार्ड समेत पाउनुभएकाे छ । ‘म यो विषयलाई छोडेर जान चाहिनँ । मैले स्विकार गर्नपनि सकिनँ । मलाई एकदिन यो खोलाको किनार आउँदा कुनैपनि बच्चा फेरि देख्न नपरोस् लाग्यो, मैले त्यसपछि कुरा बुझन थाले । म सँग प्रश्न मात्र थिएँ,’उहाँले हर्षका साथ भन्नुभयाे,‘अहिले खोला किनारमा कुनै बच्चा गिटि छैनन् । मैले मात्र होइन समूदायले गर्दापनि हो ।’ उहाँले आफनो कामका बारेमा ‘बिटविन द माउन्टेन एन्ड स्काइ ’लेख्नुभएकाे छ। जसको नेपालीमा अनुवादन भएर आउँदै छ ।

बच्चाको शिक्षामा जीवन बिताएकी म्यागी उनीहरुको सुन्दर भविष्य देख्दा आशा लाग्ने बताउँनुहुन्छ । ‘उनीहरुको सुरक्षा गर्नुस् । आफनो मात्र होइन सबै बच्चाको उनीहरु डाक्टर वा भविष्य बनेका हेर्नु त्यो हेर्दा मलाई निकै आशा लाग्छ,’उहाँले भन्नुभयाे ।
बहसमा रामकृष्ण काफले १९ वर्षको अवधि के कति अन्तर पाएको प्रश्न गरेका थिए । ‘कर्णालीको व्यथा देखाउनुभयो त्यो किताबबाट जानकारी लिनु । १९ वर्ष र अहिलेमा त्यहाँको आमा र बच्चामा कति अन्तर पाउनुभयो ?,’ काफलेले प्रश्न गर्नुभयाे ।
यसको जवाफमा म्यागीले हर्षित हुँदै कर्णालीले मात्र होइन पछिल्लो समयमा नेपालले धेरै सफलता हासिल गरेको सुनाउनुभयाे ।
‘१९ वर्ष अगाडि र अहिले फरक छ नेपालले ठुलो सफलता गरेको छ । महिलाहरु विद्यालय जान्छन् । सफलताको धेरै कथाहरु छन् । बालविवाहअरु त्यो समयमा धेरै थियो,’ म्यागीले जवाफ दिनुभयाे ।

त्यसैक्रममा विरसिंह बुढाको प्रश्न थियो –महिला सशक्तिरणका विषयमा तपाईले मुख्य के गरिरहनुभएको छ ? यसमा उनीहरुले स्वच्छ महिनावारीको विषय र पोषिलो खानाको विषयमा काम गरिरहेको सुनाउनुभयाे । सोही काम गरिरहँदा आफुहरुले महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम आवश्यक रहेको बुझेपछि त्यसअनुरुप काम अगाडि बढाएको सुनाउनुभयाे ।
‘त्यहाँ मेरो उमेरको कोही शिक्षा पाएनन् । उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपनि अर्को कुरा हो । हाम्रो कार्यक्रमको मुख्य विषय पनि यो थियो । स्वरोजगारको वातावरण बनायौँ,’म्यागीले भन्नुभयाे ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन