हजारौं यमनीहरू हुथी नियन्त्रित यमनी राजधानी सानाको सबीन स्क्वायरमा एक विशाल ¥यालीमा भेला भएका छन् । उत्तरी यमनमा अमेरिकी हवाई आक्रमणको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । हवाई आक्रमणबाट दर्जनौंको मृत्यु भएको थियो । स्नाइपर र कलाश्निकोभ राइफल बोकेका प्रदर्शनकारीहरूले शनिवार साँझदेखि हुथी लक्षित क्षेत्रमा हवाई अभियानको आदेश दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको निन्दा गर्दै नारा लगाएका छन् । भीडलाई सम्बोधन गर्दै, समूहको सर्वोच्च क्रान्तिकारी समितिका प्रमुख मोहम्मद अली अल–हुथीलेसमूहले अमेरिकी कारबाहीलाई आक्रमण र आतंकवादको रूपमा हेरेको बताउनु भयो । विगत दुई दिनमा, साना र हुथी नियन्त्रणमा रहेका अन्य धेरै उत्तरी र पश्चिमी प्रान्तहरूमा अमेरिकी लडाकु विमानहरूले दर्जनौं हुथी–नियन्त्रित सैन्य स्थलहरूका साथै दर्जनौं आवासीय घरहरूलाई लक्षित गरी आक्रमण भइरहेको छ । हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार अमेरिकी हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । जसमा पाँच बालबालिका र दुई महिला समावेश छन् ।
सिन्ह्वा