fbpx

अमेरिकामा महादेव त्रिपाठीले देखाए जादु

author

समाचारपाटी

२ years अगाडि

नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीले अमेरिका पनि आफ्नो जादुका विभिन्न कला पस्किएका छन् । अमेरिकाको बिभिन्न शहरमा आयोजना भइरहेको ‘सुरसुधा कमेडी शो’ नामक कार्यक्रममा उहाँले जादु कलाको अलवा नृत्य, गायन र कमेडीका पनि पस्किएका थिए । त्रिपाठीको जादुमा दंग परेका दर्शक कमेडीमा भने पेट मिचिमिची हाँसेका थिए ।

नेपाल चिनाउने उदेश्यले त्रिपाठीले नेपाली झण्डासहित नृत्य समेत देखाउदा दर्शक खुलेरै नाचेका थिए । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, नमस्ते ग्रुपको संयुक्त आयोजना रहेको कार्यक्रममा सुरसुधा ब्याण्डको पनि बिभिन्न प्रस्तुति रहेको थियो ।
सुरसुधाको तर्फबाट गायक सुरेन्द्र श्रेष्ठ, गायिका सरस्वती खत्री र म्युजिसियन रमन महर्जन र बिकास सुनार कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सुरसुधाले संगीतका अलवा बिभिन्न गीतसंगीत समेत प्रस्तुत गरेको थियो ।

‘सुरसुधा कमेडी शो’ कार्यक्रम अमेरिकाको दर्जनबढी ठाउँमा गर्ने उदेश्यले कलाकार त्रिपाठी सहित कलाकार टोली केही अगाडि अमेरिका पुगेका थिए । अमेरिका पुगे लगतै कार्यक्रम सुरु गरेको टोलीले अहिलेसम्म अमेरिकाको न्युयोर्क, भर्जेनिया,
क्यालिफोनिया, डालस लगायतका स्थानमा कार्यक्रम गरिसकेका छन् ।

करिब ३ महिना चल्ने ‘सुरसुधा कमेडी शो’अमेरिकाको अझै दर्जन बढी शहरमा आयोजना हुने कलाकार त्रिपाठीले बताए ।
कार्यक्रमको आयोजक नवराज केसी, पशुपति श्रेष्ठ,गायक राजेश हमाल र निमा शेर्पाले रहेका छन् । कलाकार त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनासुलु कलेजले पठाएको हो ।

‘सुरसुधा कमेडी शो’ को उदेश्य अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको बिभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमपछि कलाकार टोलीलाई त्यहाँका स्थानिय आयोजकले सम्मान समेत गर्ने गरेका छन् ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन