fbpx

“संविधान संशोधनः आवश्यकता र चुनौती” विषयक अन्तरक्रिया पोखरामा हुने

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एवम् पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख कविता तिवारीको अध्यक्षतामा पेशागत तथा बुद्धिजीवी विभागको वैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यकक्षमा सोमबार भएको वैठकले “संविधान संशोधनः आवश्यकता र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम पोखरा–८, न्युरोडमा रहेको होटल दिपसागरमा यही फागुन १० गते गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको संयुक्त रुपमा आयोजनामा हुने उक्त कार्यक्रम नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा.सशांक कोइलाराको उपस्थितिमा गरिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पेशागत तथा बुद्धिजिवी विभाग प्रमुख डा. डिला संग्रौला पन्तले जानकारी गराउनुभयाे ।

संविधान संशोधन आजको आवश्यकता भएको हुँदा बैज्ञानिक ढंगबाट उत्कृष्ट संविधान निर्माणको लागि जनआवाजले संसदलाई थप बल पुग्ने अपेक्षा भएकोले ७ वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम नेपाली कांग्रेसले गर्न लागेको विभाग प्रमुख डा.संग्रौलाले बताउनुभयाे । हालसम्म ३ वटा प्रदेशबाट बुँदागत रुपमा सुझाव संकलन गरिसकेको बताउँदै अन्तरक्रिया कार्यक्रममा सुझावहरु बुँदागतरुपमा संकलन गर्ने, संविधानमा त्रुटि देखिएका बुँदाहरुलाई पुन संशोधन गर्ने गरी कार्यक्रम तय गरिएको उहाँले उल्लेख गर्नुभएकाे थियाे ।

विभाग प्रमुख डा.संग्रौलाका अनुसार संकलित बुँदाहरु केन्द्रीय सभापतिको रोहवरमा केन्द्रीय समितिमा छलफल हुने उहाँको भनाई रहेको थियो । त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संविधान संशोधन आजको आवश्यकता भएको र संशोधनमा थुप्रै चुनौति भएका हुँदा वैज्ञानिक ढंगबाट त्रुटी रहित बनाउन गरिएको नेपाली कांग्रेसको नविनतम प्रयासले विशेष महत्व दिने उल्लेख गरेका थिए ।

पोखरामा हुने अन्तरक्रिया कार्यक्रममा करिब २ सय भन्दा बढी नेता, कार्यकर्ता, अधिवक्ता, नागरिक समाज, संविधान विद, विषयगत विज्ञ र नेपाली कांग्रेसको भातृ तथा शुभेच्छुक संस्थाका जिम्मेवार नेताहरुबाट संविधान संशोधनः आवश्यकता र चुनौती विषयमा आएका सुझावहरु संकलन गरिने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराउनुभयाे ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङ, प्रजातान्त्रिक चिकित्सक संघ गण्डकी प्रदेश उपाध्यक्ष प्रा.डा. इश्वर शर्मा कँडेल, बन प्राविधिक संघका उपाध्यक्ष निर्मला फुलारा, प्रा.डा. बेदनाथ शर्मा, प्रा.डा. रामचन्द्र पोखरेल, पवित्रा घिमिरे, सन्तोष पौडेल लगायतले आफ्नो धारणा राखेका थिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा विभाग प्रमुख कविता तिवारी गैह्रेको अध्यक्षतामा भएको उक्त वैठक उपप्रमुख नारायण प्रसाद पराजुलीले सञ्चालन गर्नुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...